फेसबुकको प्रेमले फसायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० श्रावण २०७२, शनिबार ०८:५२
  • स्वीडेन जाने आसमा यसरी डुब्यो युवतीको २७ लाख

fb

काठमाडौं, ३० साउन । प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो ।  युवकले पटकपटक म्यासेज पठाएपछि युवतीले पनि कुरा गर्न थालिन् । युवकले आफू स्विडेनमा बस्ने गरेको बताए । युवतीलाई पनि स्विडेनमा बोलाउन सक्ने बताए । स्विडेन सपनाको पछि लागेपछि युवती नजिकिँदै गइन् । त्यसका लागि खर्च आफैँले गर्नुपर्ने प्रस्ताव आयो, युवतीले स्वीकार गरिन् । ती युवकले भनेका व्यक्तिका नाममा भारतमा पैसा पठाउन थालिन् । पटकपटक गरेर उनले २७ लाख पठाइन्, तैपनि उनको भिसा आएन । शंका गर्न थालेपछि युवक बेपत्ता भए । फेसबुकमा चिनजान भएका युवकले उनलाई माया गरेको नाटक गरेर ठगिरहेका थिए । गलत नाममा फेसबुक अकाउन्ट खोलेर ती युवकले त्यसरी ठगी गरेका हुन् । आफू स्विडेनको भएको भन्दै नेपालमै बसेर ठगी गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ । फेसबुकबाट भएको चिनजानले ठगिएको यो नयाँ घटना होइन । फेसबुकबाट चिनजान गरी विदेश लैजाने भन्दै अन्य दुई युवती पनि केही महिनाअघि ठगिएका थिए । आफूसँग फ्रान्सको स्थायी बसोवासको अनुमति भएको भन्दै जोरपाटी बस्ने प्रवेश राईले धरानकी एक युवतीलाई झुक्याएका थिए । बिहे गरेर फ्रान्स लैजाने भन्दै युवतीसँग उनले आठ लाख लिई ठगी गरेका थिए । दुई महिनाअघि मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो । फेसबुकमार्फत नै युवतीसँग चिनजान गरी उनले ठगी गरेका थिए । प्रेमको नाटक गरी राईले युवतीलाई ठगी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१