अध्यक्ष गुप्ता द्वारा ‘प्रभावकारी’ पत्रिकाको विमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार १५:२२

प्रविण टिबडेवाल
रौतहट २९ श्रावण ।
रौतहटको संचार क्षेत्रमा शुक्रवार देखि एउटा नयां संचार माध्यमले पाईला टेकेको छ । रौतहटमा निरन्तर रुपमा विभिन्न छापाखाना संचालनमा रहेको बेला प्रभावकारी दैनिक नामक एक नयां पत्रीका बजारमा आएको छ ।
संचार क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सक्रिय रौतहटका संचारकर्मी प्रविण टिबडेवालले प्रभावकारी दैनिक नामक पत्रीका प्रकासन गरेका हुन । जिल्ला विकास समिती रौतहटको नव निर्मित सभाहलमा शुक्रवार एक भव्य कार्यक्रम बिच नेपाल पत्रकार महासंघ रौतहटका सभापति शैलेन्द्र गुप्ताले प्रभावकारी दैनिक पत्रीकाको विमोचन गरेका थिए ।
प्रकासक प्रविण टिबडेवालको अध्यक्षतामा सम्पन्न सो विमोचन कार्यक्रमका प्रमुख अतिथी गुप्ताले प्रभावकारी पत्रीकाको आगमनले रौतहटको संचार क्षेत्रमा निरन्तर विकास हुदै गएको महसुस भएको बताउदै आजको दिन सम्पूर्ण संचारकर्मीका लागी खुशीको दिन रहेको बताएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष जय प्रकास गुप्तालेक दैनिक पत्रीका रौतहटको बर्तमान परिपेक्षमा संचालन गर्नु निकै कठिन र चुनौति पूर्ण कार्य रहेको भन्दै यो अवस्थामा साहसका साथ यस पत्रीकाको आगमन हुनु रौतहटको संचार क्षेत्रलाई उर्जा थप्नु सरह रहेको बताएका थिए ।
पत्रीकाको शुभकामना मन्तव्यको क्रममा सदभावना पार्टिका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले चार दलले निर्माण गर्न लागेको संविधानमा प्रेस स्वतन्त्रता माथी नै प्रहार गर्न गरी गरीएको कार्य घोर निन्दनीय रहेको आरोप लगाएका थिए भने तमलोपाका लोकप्रिय नेता अनिल सिंहले प्रभावकारी पत्रीकाको माध्यम बाट निश्पक्ष समाचार प्रवाह भई जनतामा पत्रकार र नेताका लागी र्सिजना भएको नकारात्मक भावनालाई सुदृद्ध बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा जिविसका कार्यक्रम अधिकृत किर्ति राज सुबेदी विष्शिट अतिथी रहनु भएका थिए भने अतिथीमा खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख अनिल केशरी, सहकारी डिभिजन कार्यालयका प्रमुख लगायत विभिन्न कार्यालय प्रमुख तथा संचारकर्मीहरुको उपस्थिती रेहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१