पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा झन्डोत्तोलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार ११:२५

काठमाडौँ, २९ साउन । पाकिस्तानको ६९औँ स्वतन्त्रता दिवसको अवसरमा आज यहाँस्थित पाकिस्तानी राजदूतावासमा एक विशेष समारोह आयोजना गरी उक्त मुलुकको राष्ट्रिय झन्डा फहराइयो ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अर्सद सउद खोसाले राष्ट्रिय झन्डा फहराउनुभयो ।पाकिस्तानका राष्ट्रपति ममनुन हुसैन र प्रधानमन्त्री नवाज सरिफले देशवासीका नाममा जारी गर्नुभएको बेग्लाबेग्लै शुभकामना सन्देश समारोहमा वाचन गरिएको थियो ।कार्यक्रममा विभिन्न पेसा–व्यवसायको सिलसिलामा काठमाडाँैमा रहेका पाकिस्तानी नागरिक र दूतावासका कर्मचारीको परिवारको पनि उपस्थिति थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१