अनिश्चितकालीन तराई बन्दले जनजीवन प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार ११:२३

लुम्बिनी , २९ साउन । तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट सङ्घर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन तराईका २२ जिल्ला बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदामा सङ्घीय प्रदेशको नामाङ्कन नगरी सङ्घीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमाङ्कन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान गरिएको बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रूपमा ठप्प रहेका छन् ।
आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानु पर्ने सबैभन्दा बढी प्रभावित भएका छन् । प्रहरी, एम्बुलेन्स, प्रेस, दूधलगायत अत्यावश्यक बाहेकका गाडीहरू बिहानदेखि सडकमा गुड्न सकेका छैनन् । बन्दका कारण छिमेकी मुलुक भारतमा रोजगारी गरी फर्किएका नेपालीलाई गन्तव्यसम्म पुग्न निकै समस्या परेको छ । बन्दकर्ता बिहानदेखि भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक, अञ्चलपुरलगायतका स्थानमा जम्मा भएर अवरोध गरिरहेका छन् । अहिलेसम्म कुनै पनि स्थानमा अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१