‘युवा विना पुनर्निर्माण असम्भव’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार १०:०९

11857623_887840114596993_509363471_n   भिम लामा / काठमाडौं,२९ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय युवा पुनर्निर्माण सञ्चालले युवा पुनर्निर्माणमा सार्थक सहभागीता विषयमा बिहीबार राजधानीमा वृहत छलफल तथा कार्यशाला सम्पन्न गरेको छ ।

वैशाख १२ र विभिन्न समयमा गएको भूकम्पका कारण देशको १४ जिल्लामा मानवीय तथा भौतिक क्षती भएकोले उक्त क्षेत्रको पुनर्निर्माण तथा पुनःसंरचनामा युवाको सहभागीतालाई कसरी समावेश गर्ने भन्ने विषयमा विभिन्न युवाका क्षेत्रमा काम गर्ने युवा प्रतिनिधि, योजना आयोगका अधिकृत र सभासदहरूवीच विचार युथ एडभोकेसी नेपालको संयोजनमा गोष्ठी भएको हो ।

कार्यशालामा राष्ट्रिय योजना आयोगका सदस्य विमला राई पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमा भूकम्पपछिको पुर्ननिर्माणमा युवाहरू एक जुठ भएर लागेका र युवाको सहभागिता व्यापक रहेको भन्दै अवको योजनामा युवा सहभागितालाई मजबुत बनाउन आयोगले नीति तयार पारिसकेको बताइन । युवाको सक्रियतालाई सम्मान गर्दै राष्ट्रिय योजना आयोगले युवामैत्री नीति बनाउन जरूरि रहेको र युवा शक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउन देशभित्रै सीप तथा दक्षा बनाई समान अवसर प्रदान गर्न आयोग तयारी रहेको उनको भनाई थियो ।

कार्यपत्रको प्रस्तुतीमाथी टिप्पणी गर्दै एक्सन एडका राष्ट्रिय निर्देशक बिमल कुमार फुयाँलले देशको अवको नयाँ पुर्ननिर्माण कार्यमा भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहेकोले युवाको ज्ञान सीप अनुसार जिम्मेवार दिलाउनु पर्ने, समाजमा भएका विभेद , संस्कृतिको अन्त्य गर्दै पुनर्निर्माणलाई लोकतान्त्रिक रूपान्तरणको रूपमा अगाडी बढाउन सुझाव दिए । साथै समुदायको पुनर्निर्माण प्रक्रियमा सामुदायिक नेतृत्व तथा अगुवाई हुनु पर्ने, युवालाई स्थानीय रोजगारी सहितको अवसर निर्माण गर्नुपर्ने , प्राविधिक शैक्षिक संघसंस्थाहरूले बार्षिक क्यालेण्डरभन्दा पृथक बनाएर पुनर्निर्माण सम्बन्धि कोर्ष निर्माण गर्नु पर्नेमा उनको जोड थियो11872967_887840204596984_169419884_n

त्यस्तै सभासद शेरबहादुर तामाङले अबको नब निर्माणमा युवाको दृष्टिको केन्द्रित हुनु पर्ने र केन्द्रिकृत बसोबासको व्यवस्थाअनुरूप जानुपर्ने बताउनु भयो । युवाले सामुहिकतामा विश्वास गर्नु पर्ने, समाज बनाउन मानसिकताको परिवर्तन ल्याउनु पर्ने पुनर्निर्माणमा एकताको खाचो भएको औल्याउँदै सबैलाई सकारात्मक भएर लाग्न अव्हान गरे । युवालाई स्वदेशमै अवसर जुटाई स्वरोजगार बनाउनुमा जोड दिदै दश देखि पाँचको मात्र जागिर नभएर समय अनुकुल एक घण्टा वा कुनै समयमा युवाले काम गर्न पाउने नीति अनिवार्य रहेको बताउँदै त्यसको लागि संसदमा बहस चलाउन आफु लागि परेको जिकिर गरे । त्यस्तै सबै नेपालीले श्रममा पनि विश्वास गर्नु पर्ने बताए । युवा परिषद ऐनको शुभकामना दिदैँ निर्वाचन व्यवस्थामा युवा परिषद निर्माण हुनुपर्ने बताए ।

अर्का नेपाली काँग्रेसका सभासद बद्रि पाण्डेले सीपयुक्त युवा सहभागिता गर्दै राष्ट्रको पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरे । युवा सक्षम छन् युवा परिवर्तनशील र शक्तिशाली भएकोले नव नेपालको परिकल्पना युवको हातमा रहेको बताए । सबै युवामा भावनात्मक एकताको आवश्यकता रहेको उल्लेख गरे ।

पुनर्निर्माणको प्रकृयालाई जवाफदेही र पारदर्शी वनाउन युवाहरूले वाच डगको भुमिका खेल्न आग्रह गर्दै कार्यक्रमका संयोजक नरेन्द्र खतिवडाले सबै युवा अधिकारकर्मी, राजनीतिक पार्टीका भातृसंगठनहरू पनि भातृत्वको भावना कायम गर्दै राष्ट्र पुनर्निर्माणमा लाग्न आग्रह गरे । युथ एड्भोकेसी नेपालको संयोजनमा युवा तथा खेलकुद मन्त्रालय र एक्सन एडको सहकार्यमा सकारात्मक विकास सञ्चार केन्द्र लगाएत सामाजिक संघसंस्थाहरुको आयोजनामा उक्त कार्यशाला भएको हो ।11868878_887840104596994_2001197190_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१