मेहन्दी र चुरा फेसन की सस्कृती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार १०:०१

10389233_798697370191638_1167940082047731004_nश्यामसुन्दर पुडासैनी । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक मानिन्छ । अचेल यो संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ । साउन महिनाभरी मेहन्दीले हत्केला र हरियो चुरीले नाडी सजाउनु अब फेसन बन्दै गएको छ ।1782158_815136755249371_3747961776520178156_n
हिन्दु धर्मावलम्बीहरुले लागि साउन महिना धर्म र संस्कृतिको महिनाको रुपमा मान्दै आएका छन् । पछिल्लो समय धर्मसंस्कृतिसँगै यो महिना हरियो फेसनको महिना पनि बन्दै गएको छ । दिदीबहिनीहरुको हातमा हरियो चुरा र हरियो मेहन्दी देखेपछि बुझ्नुपर्छ, यो साउन महिना हो। मेहेन्दी र चुरा मात्र होइन,पहिरन पनि हरियो लगाउने गर्छन् उनीहरु ।
विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्ने अनि अविवाहिता महिलाले हरियो चुरा लगाए मनले चिताएको श्रीमान् पाइने धार्मिक विश्वास छ । हरियो रंग महादेवलाई मन पर्ने रंग भएकाले साउनमा हरियो लगाउँदा महादेव खुशी हुने जनविश्वास छ ।
पछिल्लो समय मुलुकका सबै जसो जिल्लाहरुमा यो सस्कृती चल्दै आएको  छ ।  अझ राजधानीमा त यो स्ंस्कृतिले नछुने कुरै भएन । साउनको पहिलो साता नबित्दै राजधानीका  प्लस टु किशोरीहरूको हत्केलामा बुट्टेदार गाढा मेहन्दीले  सजाउदै आएका छन् । साउन सकिन लाग्दा समेत  उनिहरुको हातको मेहनदीको रातो गाढापन हराउको छैन । साउन लागे देखिनै   नाडीमा काँचको हरियो चुराको छिन छिन् आवाज  बजाउदै आएका छन् । ।sawan (3)
विवाहितले पतिको आयु लामो होस् भनेर मेहन्दी र हरियो चुरा लगाउने गरेको दाबी गरिन्छ भने अविवाहितले आफूले मन पराएको पुरुषलाई पति बनाउने अभिलाषाका साथ ।  मेहन्दी र हरियो चुरा साउनमा लगाउने चलन कसरी सुरु भयो भन्ने प्रश्नबारे किशोरीहरूलाई सरोकार नभए पनि साउनमा लगाउनु अहिलेको ‘पपुलर कल्चर’ बनेको पुष्पलाल मेमोरियल कलेज चावहिलमा स्नातक दोस्रो बर्षमा अध्यनरत २० वर्षिय सुष्मा मिश्रले बताईन् ।  साउन महिनामा व्रत बसेर मेहन्दी र हरियो काँचको चुरा लगाउनु अध्यात्मवादी दर्शन होला तर यसै चलनलाई आधुनिकताको पनि प्रतीक मान्न थालेका छौं,’ मेहन्दि सजिएको हातको हरियो चुरा देखाउदै सुष्माले तर्क गरिन् ।
जापान जानको लागी पुतलीसडकमा जापानिज भाषाको कक्षा लिदै  गरेकी उनले भनिन् ‘ नेपाल मा रहदा मात्र हैन म विदेशमा गएपछि पनि हरीयो चुरा र मेहन्दी संस्कारलाई निरन्तरता दिन्छु ।’
उनले कलेज तथा टोलका सबै साथीहरुले आफुले जस्तै गरी हरियो चुरा र रातो मेहन्दी लगाएको बताईन् । सुष्माले हातमा  लगाएको मेहेन्दी निकै गाढा लागेकोले होला भविष्यमा माया गर्ने पति पाउँछु भन्ने विश्वास मनमा पलाएको दाबी गरिन् ।b7b5cc966b9472962eb196495cc92312_L

त्यसो त यो संस्कृतिमा हत्केलामा लगाएको मेहन्दीको रंग गाढा बसेमा औधि माया गर्ने भावी पति पाइन्छ विश्वास पनि गरिन्छ । अन्य किशोरीझैं हरियो चुरा र मेहेन्दीमा सजिएकी टंगालकी २०  वर्षीया अनिमा बस्नेतको पनि यस्तै विश्वास छ । ‘आमा दिदीहरू पनि त्यसै भन्दै आएका छन्,’ उनले भनिन् ।
उनले आफ्नो नाडीमा दुई दर्जन हरिया काँचका चुरा पनि सजाएकी छन् । उनले बितेका पाँच वर्षदेखि साउन महिनामा नियमित हरियो काँचका चुरा र मेहेन्दी लगाउँदै आएको दाबी गरिन् ।
मकवानपुर भई काठमाडौ चाहिल बस्दै आएकी २० बर्षीय स्मृती गौतमको तर्कलाई मान्ने हो भने किशोरी र युवतीहरूका लागि साउनमा मेहेन्दी र हरियो चुरा लगाउनु सौन्दर्य प्रदर्शन पनि हो । हत्केलामा आफैं मेहेन्दीको बुट्टाले भरिएको बुट्टा देखाउँदै उनले भनिन, ‘साउनमा महिलाले हरियो चुरा र मेहेन्दी लगाउँदा राम्रो पति पाइन्छ भन्ने विश्वास पनि आफ्नो ठाउँमा होला तर यो नारीको सौन्दर्यको प्रस्तुति पनि हो ।’

प्लस टु सम्मको अध्यया सकेकी उनले आफूलाई राम्री हुने रहरले पनि साउनमा मेहेन्दी र हरियो चुरा लगाउँदै आएको बताइन् । अध्ययन पूरा गरेपछि मोडलिङमा रम्ने लक्ष्य बोकेकी उनले मेहेन्दी गाढा बसेको यसपालि खुसी भएको पनि बताइन् ।

असारको अन्तिम दिन स्मृतीलाई उनका ब्वाइफ्रेन्डले  एक¥ एक  दर्जन हरिया र पहेलो चुरा उपहार दिएका थिए । भोलिपल्ट साउन १ गते देखि नै  उनले त्यही हरियो र पहेलो चुरा  हातैभरि लगाउदै आएकी छिन्  । साउनमा किन हरिया चुरा लगाइन्छ त्यो भने स्मृतिलाई पत्तो छैन। उनि भन्छिन, ‘राम्री हुन लगाउने होला। अरू त के हुन्थ्यो र?’ यसपालि पहिलो पटक साउनमा चुरा पहिरिएको उनले बताइन् ।

स्मुतीकै साथी प्रंतिमा खतिवडाले पनि  आफ्ना साथीसंगी बटुलेर घरमै मेहदी तथा चुरा लगाउने कार्यक्रम आयोजना गरिन्। ‘एक–अर्कालाई मेहदी र चुरा लगाइदियौँ,’ पुष्पा भन्छिन्, ’साह्रै रमाइलो भयो।’ प्रतिमाले साउनभरि नै आफू हरिताम्मे हुने बताउँदै थिइन् । यसको कारण सोध्दा उनी अनकनाइन्। ’फेशन त नि हो एउटा,’ उनले भनिन, ’सबैले हरियो लगाउँदा आफू पनि हरियै लगाइन्छ।’
उदयपुर घर भई काठमाडौ चावहिल बस्दै आएकी २२ वर्षीया प्रतिमाले साथीहरूले भनेको आधारमा मेहेन्दी लाएको बताइत् । पशुपती बहुमुखी क्याम्पसबाट स्नातक दोसो वर्षको परिक्षा दिदै गरेकी उनले भनिन् ‘सबै साथीहरूले लगाएको देखेपछि मैले पनि हातमा हरियो चुरा र मेहेन्दी सजाएँ । ’
अहिले साउनमा वातावरण हरियो छ । रूख–बिरुवाले पालुवा फेरेका छन्। नेपाली महिला तथा युवतीले पनि आफ्ना पहिरनमा परिवर्तन ल्याएका छन्। उनीहरूको लवाइमा हरियाली छाएको छ । हरियो चुरा, हरियो पोते, हरियो सारीमा सजिने गरेका छन् नेपाली नारी । हरियोसँगै रातो र पहेँलो रङका लुगालत्ता र गहना पनि लगाइन्छन् । कतिपयले हरियै रङको नङ–पालिस लगाउने गरेका छन्। काठमाडौ बसन्तुरकी सिमा बस्नेत भन्छिन्,‘हरियो चुरासँग हरियो नेल–पालिस राम्रो देखिन्छ। ’ एस एल सी को पुरक परिक्षा दिएर बसेकी उनले भनिन्,‘म साउनभरि हरियो रङको कुर्ता–सुरुवाल, ब्यांगल्स (चुरा) र नेल–पालिस लगाउँछु।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१