भारतीय पुरुष बेश्याको यौन लतमा नेपालका ब्यापारीदेखि नेता पत्नीसम्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ श्रावण २०७२, शुक्रबार ०६:१०

sex-male-photo1-300x2261

काठमाडौं, २९  साउन । बारम्बार प्रहरीको रेडमा परेपछि पाँच बर्षअघि मुम्बईबाट काठमाडौं  छिरेका नितेश देसाईको ब्यापार कमल पोखरीको एक घरमा निकै फस्टाएको छ । लगानी विना उनी मासिक ५ लाख भन्दा बढि आम्दानी गर्दछन् । उनले दैनिक ५ देखि ७ घण्टा मात्र डिउटी गर्छन् तर आम्दानी भने पाँच लाख माथी छ ।
के हो उनको डिउटी र कसरी हुन्छ उनको मासिक पाँच लाख आम्दानी ? चासोको बिषय छ । उनको डिउटी हो नेपाली ब्यापारिक घराना र नेता पत्नीलाई ‘यौन सन्तुष्टी’ दिनु । तिनै ब्यापारी र नेता पत्नीबाट मासिक पाँच लाख आम्दानी गर्दछन् ।
मुम्वई अंधेरीका नितेश पेशाले पुरुष यौनकर्मी हुन् । पाँच बर्षअघिसम्म मुम्वईमा यौन धन्दा गर्दथे । तर मुम्बई प्रहरीको कडा निगरानीमा परेपछि उनको धन्धा चौपट भयो । त्यसपछि उनले नयाँ गन्तब्यको खोजी गरेँ ‘काठमाडौँ सहर’ । ‘काठमाडौं छिरेको चार महिना सम्बन्ध वनाउन लाग्यो’ उनले भने ‘त्यसपछि काम सुरु भयो, अहिले भ्याउन गाह्रो छ ।’
नेपाल आउँदा काठमाडौंको घट्टेकुलोमा दुई कोठा भाडामा लिएर बसेका नितेश यौन ब्यवसायबाटै करोडपति भइसकेका छन् । आफ्नो यौनधन्दाको पहिलो पार्टर उनले एक नेपाली मोडललाई बनाएका थिए । ‘नाम त म भन्दिँना ति मोडल दोस्तसँग पहिले चिनजान गरेँ’ उनले भने ‘चिनजान गर्दा म भारतीय ब्यापार हुँ भनेको थिएँ ।’ आफु भारतीय ब्यापारी भएको बताउँदै मोडलसँग परिचय गरेका नितेशले पछि उनलाई नै आफनो पार्टर बनाए । मोडलसँग मिलेर मुम्बईमा गरेको पुरानो यौनधन्दाको ब्यापार सुरु गरे । नितेश र मोडल मिलेर पहिले ब्यूटि पार्लर खोले । ब्यूटि पार्लरभित्र अन्य दुई सुविधा सम्पन्न कोठा पनि बनाए ।
विस्तारै मोडलकोे ब्यूटिपार्लरमा ब्यापारिक परिवारका महिलाहरु आउन थाले । ब्यापारको कामले श्रीमानहरुलाई फुुर्सद नमिल्ने भएपछि महिलाहरु यौनका प्यासी हुन्थे । विस्तारै उनीहरुको प्यास मेटाउन थाले नितेशले । यी सवैको चाँजोपाँजो मोडेलले मिलाउने गर्दथिन् । विस्तारै ब्यापारीकी पत्नीपछि नेताकी पत्नीहरु पनि ब्यूटिपार्लरको सम्पर्कमा आउन थाले । ब्यूटिपार्लरमा वाइन खाँदै उनीहरुले मस्ती गर्न थाले ।
ग्राहकहरु बढ्न थालेपछि उनले मुम्बईबाट आफ्ना तीन सहकर्मी बोलाए । उनीहरुको ब्यवसाय पनि बढ्न थाल्यो । कमल पोखरीमा अर्काे घर भाडामा लिए । गाडी पार्किडको ब्यवस्था फिल्महल र त्यसको आसपासमा गर्ने ब्यवस्था मिलाए ।
भारतीय बेश्या डन नितेशको सम्पर्कमा अहिले २४ ब्यापारी र नेता पत्नी छन् । मोडलले पनि अस्टेलियामा बस्ने एक युवकसँग विवाह गरिसकेकी छिन् । नितेशले आफ्ना सहकर्मी मुम्बईका मात्र नभई नेपाली प्रहरीका अधिकृत समेत बनाएका छन् । फुर्सद मिलेका बेला नेपाल प्रहरीका डीएपीसम्म उनको सम्पर्कमा जाने गरेका छन् र नेतादेखि ब्यापारी पत्नीसँग मस्ती गर्ने गरेको उनले बताए ।
नितेश एउटा महिलासँग ३ घण्टासम्म बिताउँछन् । प्रतिघण्टा उनले तीनजारदेखि ८ हजारसम्म लिने गरेको बताए । उनको धन्दा प्राय दिउँसोमा मात्र हुन्छ । एकैदिन तीन महिलाको यौन प्यास मेटाउने गरेका छन् ।
झण्डै एकबर्ष पहिले प्रहरीले उनीहरुको अखडामा छापा मारेको थियो । तर साँझको बेला भएकोले त्यहाँ कुनै प्रमाण प्रहरीले फेला पार्न सकेको थिएन ।

स्रोत – yeskathmandu

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१