सुदूरपश्चिमको पर्यटन विकासका लागि केन्द्रसँग पहुँच विस्तार आवश्यक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार १७:१२

11879212_1617927665139353_1493205626275392811_oसुदुरपश्चिमाञ्चल क्षेत्रकोे पर्यटन विकासका लागि केन्द्रसँग पहुँच विस्तार हुन नसकेको सरोकारवाला निकायहरुले बताएका छन् । बिहीबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को सुदुपश्चिमाञ्चल क्षेत्रिय च्याप्टरको धनगढीमा आयोजित औपचारिक घोषणा कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदुरपश्चिम च्याप्टरका अध्यक्ष मायाँप्रकाश भट्टले केन्द्रमा सुदुपश्चिमको पहुँच नपुगेकाले अपार संभावनाका वावजुद पनि पर्यटनमा पछि परेको बताउनु भयो । भट्टले सुदुपश्चिमाञ्चल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोेज) सँग सहकार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कैलाली विकास समाजका अध्यक्ष कृष्णबहादुर महराले सुदुरपश्चिमको पर्यटन खप्तड, बर्दिया, गढीमाई, रामारोशनमात्र नभएर अन्य क्षेत्र पनि रहेको भन्दै नयाँ गन्तब्यको पहिचानका लागि पत्रकारिताको सकारात्मक भूमिकाको चर्चा गर्नु भयो । यसका लागि आफूलगायत व्यवसायीहरु सहकार्य गर्न तयार रहेको भट्टले विश्वास दिलाउनु भयो ।
त्यस्तै पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाहले पर्यटन क्षेत्रका समग्र सरोकारवाला निकायहरु एक भएर अगाडी बढेको खण्डमा पर्यटन विकास टाढा नरहेको दावी गर्दै यसका लागि सबैको योगदान आवश्यक रहने बताउनु भयो ।
नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले अपार संभावना भएर पनि लुकेर रहेको सुदुरपश्चिमको पर्यटकीय संभावनाहरुको उजागर गर्न आफूहरु आतुर रहेको बताउँदै यसलाई मूर्त रुप दिन नाटोज सुदूरपश्चिम च्याप्टर गठन गरिएको दावी गर्नुभयो ।
उक्त कार्यक्रमका विच पर्यटन युग पाक्षिकका प्रकाशक÷सम्पादक लोकेन्द्र शाहको अध्यक्षतामा १५ सदस्यीय नाटोज सुदूरपश्चिम च्याप्टर गठन गरिएको छ । च्याप्टरको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः धनगढी पोष्ट दैनिकका हिमाल जोसी, हिमालय टाइम्स दैनिकका भिमबहादुर चौधरी, राष्ट्रिय समाचार समिति (रासस) का शेखरबहादुर सिंह र नयाँ पत्रिका दैनिकका श्रवण देउवा सर्वसम्मत चयन भएका छन् । त्यस्तै च्याप्टरको सदस्यहरुमा एभरेष्ट दैनिक अनलाईनकी मनिशा चन्द, रेडियो पश्चिमाञ्चल आवाजका देवानन्द न्यौपाने, रेडियो घोडाघोडीका महेश्वरा चन्द, एभिन्युज टेलिभिजनका हरिष विक र भावेश्वरी शाह, एविसी टेलिभिजनका मुकेश टेर्रा, सुन्दराञ्चल दैनिकका भावना जोसी छन् । त्यस्तै सदस्यहरुमै अनुमोदन दैनिकका याम बम, राससका दिपेन्द्र बस्नेत र दिनेश एफएमका कृतक विष्ट सर्वसम्मतीमै मनोनीत भएका छन् ।
नाटोज सुदूरपश्चिमाञ्चल च्याप्टर गठनका लागि राजधानीबाट केन्द्रिय अध्यक्ष अधिकारीको नेतृत्वमा कोषाध्यक्ष प्रकाश खालिङसहित सदस्यद्धय प्रतिक लामिछाने र विष्णु पोखरेल धनगढी पुगेका थिए । उक्त टोलीले नेपाल र भारतको सिमा क्षेत्र गौरीशंकर नाकालगायतको स्थलगत अध्ययन÷अवलोकनसमेत गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१