धोनीकी पत्नी बन्न श्रद्धा र आलियाबीच दौडधुप !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार १०:१३

Ali-Bhatt-and-Shradda-kapoorमुम्बई । भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीको जीवनमा आधारित ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बन्दै छ ।
उक्त फिल्ममा धोनीको भूमकामा नायक सुशान्तसिंह राजपुत देखिदैछन् । तर यसअघि उनकी पत्नी साक्षीको भूमिकामा नायिका आलिया भट्ट देखिने बताइएपनि अहिले उक्त भूमिकाका लागि अर्की नायिका श्रद्धा कपुरको नाम पनि चर्चामा आएको छ ।
श्रद्धा र आलिया मध्ये एक जनाले उक्त भूमिका पाउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुवै नायिका उक्त भूमिकाका लागि तयार रहेपनि आलियाको सम्भावना बढी रहेको छ ।
फिल्म निर्माणको समयमा साक्षीको भूमिका छोटो राखिने बताइएपनि पछि आएर निर्माण पक्षले साक्षीको भूमिकामा वृद्धि गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१