आलियाको विकिनीले बलिउडमा हंगामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार १०:११

Alia-Bhatt-650x360मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला चर्चामा छिन् । नयाँ फिल्म ‘सानदार’ का लागि विकिनीमा उत्रिएका कारण उनी चर्चामा आएकी हुन् ।
सुरुमा उनले यो फिल्ममा विकिनीमा उत्रन आनाकानी गरेकी थिइन् । फिल्मको एउटा दृश्यमा विकिनी लगाउन आवश्यक नभएकाले विकिनी किन लगाउने भनेर उनले प्रतिप्रश्न गरेकी थिइन् ।
तर, सो फिल्मका निर्देशकले आलियाले शरीर राम्रो बनाएकाले विकिनीमा उत्रन सुहाउने बताएपछि उनले यो फिल्ममा विकिनी लगाएर एउटा दृश्य दिएकी छन् । यो फिल्ममा साहिद कपुरले आलियाको जोडीको भूमिका निर्वाह गरेका छन् ।
विकिनी लगाउनमा आलियालाई साहिदले पनि प्रेरित गरेका हुन् । साहिदले सल्लाह दिएपछि आफू विकिनी लगाउन तयार भएको आलियाले बताएकी छन् । आफूलाई विकिनीबारे साहिदले ‘टिप्स’ दिएको पनि आलियाले खुलासा गरेकी छन् ।
फिल्म सानदारको ट्रेलरमा नै आलियाको बिकिनी लगाएको दृश्य राखिएको छ । सो ट्रेलर रिलिज भएपछि यी अभिनेत्री अहिले विकिनी चर्चामा छिन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१