सगरमाथा क्षेत्रमा महाभूकम्पले १७ प्रतिशत मात्र क्षति भएको पुष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार ०७:३०

thumbनेपालको पर्वतीय पर्यटनको मुख्य आकर्षणको केन्द्र विन्दु बन्दै आएको सगरमाथा क्षेत्रमा महाभूकम्पले १७ प्रतिशत मात्र क्षति भएको अध्ययनले देखाएको छ ।
अमेरिकामा मुख्यालय रहेको प्राविधिकहरुको स्वतन्त्र संस्थालाई अन्तर्राष्ट्रिय वित्त निगम र बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा तयार पारिएको प्रतिवेदन राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
सगरमाथाको लुक्लादेखि नाम्चेबजारसम्म हिँडेर र त्यसभन्दा माथि आधार शिविरसम्म हेलिकप्टरको प्रयोग गरेर अध्ययन टोली खटेको थियो ।
मन्त्रालयका अनुसार प्रतिवेदन नै अन्तिम रुप नभएको जानकारी प्राप्त भएको छ । पदयात्रा र खुम्बु क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको मन्त्रालयले जानकारी गराएको छ । यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बताउँनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१