खेलाडी तथा प्रशिक्षक सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ श्रावण २०७२, बिहीबार ०७:०२

khel700युवा तथा खेलकुद मन्त्रालयले उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न विधाका नौ खेलाडीलाई सम्मान गरेको छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा क्रिकेटका सोमपाल कामी, कराँतेकी विमला तामाङ, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मान गरियो ।त्यस्तै, किक बक्सिङका दिवस श्रेष्ठ, भलिबलकी विनिता बूढाथोकी, एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी पुरस्कृत भए । एथ्लेटिक्सका सुनिल र प्रतिभाबाहेक अन्य विधाका खेलाडीले सम्मान स्वरुप जनही रु एक लाख प्राप्त गरे ।
त्यस्तै सुनिल र प्रतिभाले भने जनही रु ५० हजार प्राप्त गरे । सोही कार्यक्रममा कराँतेकी प्रशिक्षक सञ्जु महर्जन र ब्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशीसमेत सम्मानित भए । उनीहरुले जनही रु ५० हजार प्राप्त गरे । सामाजिक क्षेत्रमा काम गर्ने युवा वैज्ञानिक डा राजीवकुमार झा, संस्कृतिकर्मी राजन खतिवडा, कीर्तिमानी आरोही सुस्मिता मास्के, महिला अधिकारकर्मी गोमावती पुन, युवा सशक्तीकरणका प्रदीप परियार, सामाजिक अभियानमा लागेका भवेस खनाल, साहित्यकार डा विन्दु शर्मा र नेपाल अपाङ्ग महिला सङ्घलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट मन्त्रालयले सम्मान ग¥यो ।
सम्मानित हुनेलाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यले सम्मान गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१