इमेज च्यानलमा कर्मचारीको धर्ना, प्रेस युनियन इमेज शाखाका अध्यक्ष अनुपा श्रेष्ठ द्वारा राजीनामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७२, बुधबार १६:२६
काठमाडौँ, २७ साउन  । इमेज न्यूज एफएममा कार्यरत पत्रकार सन्दीप योगीलाई अन्यायपूर्वक हटाइएपछि उनको सम्मानजनक र कानूनसम्मत पुर्नवहालीसहितका श्रम अधिकार सम्बन्धित ११ बुँदे माग पूरा गराउन दबाब दिने उदेश्यले आज इमेजकर्मीहरुले इमेज च्यानलको कार्यालय, पानीपोखरी, काठमाडौंमा धर्ना दिएका छन ।image2
शान्तिपूर्ण धर्नामा इमेजकर्मीहरुको बाक्लो सहभागिता थियो । अन्य संचारमाध्यममा श्रमजीवीको माग पूरा गराउने भन्दै धर्ना दिनेलगायतका गतिविधि गर्दै आएको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतका इमेज च्यानल शाखाका कोही पनि धर्नामा उपस्थित भएनन । विष्ट इमेज एफएमका संचालक÷व्यवस्थापक भएकैले इमेज च्यानलका श्रमजीवीको आन्दोलनमा उनी र विष्टको निर्देशनमा शाखाका कोही पनि उपस्थित नभएको ठहर इमेजकर्मी अधिकार संरक्षण संघर्ष समितिले गरेको बताएको छ । यो घट्नाले नेपाल पत्रकार महासंघ श्रमजीवी संचारकर्मीको अधिकारको पक्षमा नरहेको र उल्टै मालिकमुखी संस्थामा रुपान्तरण भएको समितिले समितिले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।   unnamed (1)त्यस्तै
धर्ना भोलि र पर्सी अपरान्ह १ बजेदेखि आधा–आधा घण्टा हुनेछ ।
भेलामा आन्दोलनकारीको माग बमोजिम योगीलाई हटाउने भूमिका खेलेको आरोप लागेकी नेपाल प्रेस युनियन इमेज शाखाका अध्यक्ष अनुपा श्रेष्ठले पदबाट राजीनामा दिएकोलाई उपलब्धिको रुपमा व्याख्या गरिएको थियो । उहाँलाई धन्यवाद दिँदै समितिले सन्दीप योगीको पक्षमा नबोलेको, उनको पक्षमा भएको आन्दोलनमा दमन गरेको र योगीलाई निकाल्ने एफएमका मालिक भएका नाताले महेन्द्र विष्टलाई नेपाल पत्रकार महासंघको अध्यक्ष या एफएम संचालकमध्ये एक छोड्न पुनः अनुरोध गरेको छ । यस्तै इमेज च्यानलमा कार्यरत पत्रकार महासंघ प्रतिष्ठान शाखाका सदस्य सुरज आचार्य, पत्रकार महासंघ शाखाका अध्यक्ष दिल्ली बसेल र सचिव सञ्जीव बगालेलाई पनि श्रमजीवीको पक्षमा नलागेको, व्यवस्थापनको वकालत गरेको र श्रमजीवीको आन्दोलनमा लागेकालाई अराजकताको संज्ञा दिएकाले नैतिकताको आधार पद त्याग गर्न समितिले आग्रह गर्दै आएको छ ।
समितिले इमेज व्यवस्थापनलाई तत्काल वार्ताबाट समस्याको समाधान गर्न बारम्बार आग्रह गर्दै आएको छ । अन्यथा कडा आन्दोलन गर्न समिति बाध्य हुने बताइएको छ ।
प्रेस विज्ञप्ति
इमेज न्यूज एफएममा कार्यरत पत्रकार सन्दीप योगीलाई अन्यायपूर्वक हटाइएपछि उनको सम्मानजनक र कानूनसम्मत पुर्नवहालीसहितका श्रम अधिकार सम्बन्धित ११ बुँदे माग पूरा गराउन दबाब दिने उदेश्यले आज २०७२ साउन २७ गते इमेजकर्मीहरुले इमेज च्यानलको कार्यालय, पानीपोखरी, काठमाडौंमा धर्ना दिए ।
शान्तिपूर्ण धर्नामा इमेजकर्मीहरुको बाक्लो सहभागिता थियो । अन्य संचारमाध्यममा श्रमजीवीको माग पूरा गराउने भन्दै धर्ना दिनेलगायतका गतिविधि गर्दै आएको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतका इमेज च्यानल शाखाका कोही पनि धर्नामा उपस्थित भएनन । विष्ट इमेज एफएमका संचालक÷व्यवस्थापक भएकैले इमेज च्यानलका श्रमजीवीको आन्दोलनमा उनी र विष्टको निर्देशनमा शाखाका कोही पनि उपस्थित नभएको ठहर यो समिति गर्दछ । यो घट्नाले नेपाल पत्रकार महासंघ श्रमजीवी संचारकर्मीको अधिकारको पक्षमा नरहेको र उल्टै मालिकमुखी संस्थामा रुपान्तरण भएको समितिले ठानेको छ । 
धर्ना भोलि र पर्सी अपरान्ह १ बजेदेखि आधा–आधा घण्टा हुनेछ ।
भेलामा आन्दोलनकारीको माग बमोजिम योगीलाई हटाउने भूमिका खेलेको आरोप लागेकी नेपाल प्रेस युनियन इमेज शाखाका अध्यक्ष अनुपा श्रेष्ठले पदबाट राजीनामा गरेकालाई उपलब्धिको रुपमा व्याख्या गरिएको थियो । उहाँलाई धन्यवाद दिँदै समितिले सन्दीप योगीको पक्षमा नबोलेको, उनको पक्षमा भएको आन्दोलनमा दमन गरेको र योगीलाई निकाल्ने एफएमका मालिक भएका नाताले महेन्द्र विष्टलाई नेपाल पत्रकार महासंघको अध्यक्ष या एफएम संचालकमध्ये एक छोड्न पुनः अनुरोध गरेको छ । यस्तै इमेज च्यानलमा कार्यरत पत्रकार महासंघ प्रतिष्ठान शाखाका सदस्य सुरज आचार्य, पत्रकार महासंघ शाखाका अध्यक्ष दिल्ली बसेल र सचिव सञ्जीव बगालेलाई पनि श्रमजीवीको पक्षमा नलागेको, व्यवस्थापनको वकालत गरेको र श्रमजीवीको आन्दोलनमा लागेकालाई अराजकताको संज्ञा दिएकाले नैतिकताको आधार पद त्याग गर्न समितिले आग्रह गर्दै आएको छ । 
समितिले इमेज व्यवस्थापनलाई तत्काल वार्ताबाट समस्याको समाधान गर्न बारम्बार आग्रह गर्दै आएको छ । अन्यथा कडा आन्दोलन गर्न समिति बाध्य हुनेछ । 
इमेजकर्मी अधिकार संरक्षण संघर्ष समिति–२०७२, लाजिम्पाट, काठमाडौं 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१