चिनमा पहिरोमा परी ४० बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७२, बुधबार १५:१३

सिआन  चीन, २७ साउन । उत्तरपश्चिमी चीनको सान्सी प्रान्तमा रहेको एक कोइला खानी नजिकै रहेको बस्तीमा पहिरो गएको समाचार छ ।

सो पहिरोमा परी कम्तीमा पनि ४० जना व्यक्ति हराइरहेको समाचारमा जनाइएको छ । सो पहिरोमा परी हराएकामध्ये चार जनाको भने उद्वार गरिएको छ ।

चीनको स्थानीय समयाअनुसार बुधबार बिहान १२ः३० मा गएको सो पहिरोमा परेका चार जनालाई उद्वार गरिएको छ भने ४० जना अझै बेपत्ता भएको बताइएको छ ।
उद्वारकार्यमा प्रहरी, दैवी प्रकोप उद्वारमा खटिने उद्वारकर्मी र अन्य उद्वारकर्ताको सहभागिता रहेको जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१