नाइजेरियामा बम बिस्फोट हुदाँ कम्तिमा ४७ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७२, बुधबार ११:५३
 

bomb_blast_95436काठमाडौँ  ।
अफ्रिकी देश नाइजेरियाको व्यस्त बजारमा बम बिस्फोट हुदाँ कम्तिमा ४७ जनाको मृत्यु, विस्फोटको जिम्मेवारी विद्रोही संगठन बोको हरामले लियो । अफ्रिकी देश नाइजेरियाको एक व्यस्त बजारमा भएको बम बिस्फोटनमा परी कम्तिमा ४७ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर पूर्वी बोर्नो प्रान्तको साबोनमा भएको बम बिस्फोटनमा अरु ५२ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार दिउँसोको समयमा साबोन नगरको पुशपक्षी बजारमा बम विस्फोटन भएको हो । विस्फोटनको जिम्मा नाइजेरियामा बिद्रोही संगठन बोको हरामले लिएको छ । बोर्नो प्रान्त बोको हरामको आक्रमणको प्रमुख केन्द्र बन्दै आएको छ । गएको मे महिना यतामात्रै यस्तै खालका हिंशात्मक आक्रमणमा परी ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ । नाइजेरियामा हिंशात्मक गतिविधि गर्दै आएको बोको हरामले पछिल्लो समय क्यामरुन तथा चाडमा पनि आक्रमण गर्न थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१