काठमाडौ, २७ साउन । कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको अभियोगमा ललितपुरस्थ्ति अल्का अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्मा निलम्बनमा परेकी छिन् । नेपाल मेडिकल काउन्सीलले डाक्टर शर्मालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । आयोगको निर्देशन अनुसमार डा शर्मा निलम्बनमा परेकी हुन् । उजुरी कर्ताले गर्भपन गर्न प्रोत्सान गरेको भिडियो रेकर्ड समेत आयोगलाई दिएका छन् ।
डाक्टर शर्मालाई यसअघि दुई पटक स्पष्टीकरण सोधिएको थियो । तर काउन्सीलले पछिल्लो पटक स्पष्टीकरणको जवाफ चित्त बुझदो नभएको जनाउँदै उनलाई निलम्बन गरेको छ ।
उता डाक्टर शर्माले आफुलाई २ वर्ष पूरानो मुद्दा झिकेर फसाउन खोजको आरोप लगाएकी छिन् । संजय शाह नाम गरेको एक व्यक्तिले २ वर्षअघि ओपिडीमा प्रवेब गरेर भिडियो खिचेका र ४० लाख रकम मागेको बताइन । रकम दिन नमानेपछि आफ्ना विरुद्ध षड्यन्त्र भएको बताइन ।
प्रतिक्रिया