संयुक्त राजनैतिक दलित संघर्ष समितिले गर्यो आन्दोलनको घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७२, बुधबार ०६:०६

dalit-3काठमाडौँ ,२७ साउन । अन्तरिम संविधानले व्यवस्था गरेका अधिकारको निरन्तरताको मागसहित संयुक्त राजनैतिक दलित संघर्ष समिति बाँकेले मंगलबार दुई घण्टा जिल्ला चक्काजाम गर्यो । नयाँ संविधानले समानुपातिक र क्षतिपूर्तिसहितको समानुपातिक समावेशीकरणको अधिकारलाई सुनिश्चित गर्नुपर्ने, जातीय छुवाछूत र भेदभावलाई सामाजिक अपराध मानी दण्डनीय बनाउनुपर्ने, प्रशासनका हरेक अंगमा दलित समुदायलाई समानुपातिक आधारमा रोजगार तथा संघीय राज्यका सबै तहमा दलितको प्रतिनिधित्व र पहुँचको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै चक्का जाम गरिएको हो । समितिले कोहलपुर चौराहमा चक्काजाम गरेको थियो । यस्तै दलित संघर्ष समितिले जिल्लामा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नेपालगञ्जमा दिउँसो कफन जुलुस, बिहीबार जिबिसमा अन्तरक्रिया, शुक्रबार कोहलपुरबाट मोटरसाइकल रयाली निकाली सेतुबिक चोकमा कोणसभा हुने अध्यक्ष कृष्णबहादुर बिकले बताए । साउन ३० गते शनिबार नेपालगञ्जमा सांस्कृतिक झाँकीसहित विशाल जनप्रदर्शन गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१