यि हुन् विहे नगर्दै सँगै बस्ने वलिउड कलाकारहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार १६:३०

article-2015513014471553235000बलिउडका दर्जन बढी कलाकारहरु प्रेम सम्वन्धमा अभ्यस्त छन् । कतिपय जोडीहरु बिहेका सम्वन्धमा खुलेर आफ्ना भनाईहरु राख्छन् भने कतिपय जोडीले सम्वन्ध समेत नरहेको दावी गर्दै आएका छन् । कतिपय जोडीहरु ‘लिभिङ टुगेदर’लाई अवलम्वन गर्दै एउटै घरमा सँगै बस्दै आएका समेत छन् ।

पछिल्लो पटक बलिउडमा पश्चिमी संस्कृतिले ठाउँ फराकिलो बनाउँदै गएको छ । क्रिकेटर बिराट कोहली–नायिका अनुश्का शर्मा । यो जोडीले आफूहरुको सम्वन्ध स्वीकार गर्दै आएको छ । यद्यपी विवाहको सम्वन्धमा भने एकीन भएको छैन । बिराटले ब्याटिङ गर्दा अनुश्काले स्टेडियममा ताली पड्काउने र अनुश्काको फिल्म हेरेपछि बिराटले तारिफ गर्ने गरेका छन् । सम्भवतः २०१५ को अन्तिमसम्ममा यो जोडीको विवाह हुने बलिउडमा चर्चा छ ।

त्यस्तै श्रद्धा कपुर र आदित्य राँय कपुरले भने पारिवारिक सहमतिमा विवाह गर्ने भएका छन् । पारिवारिक सहमति भएमा मात्र विवाह गर्ने दुवैजनाले बताउँछन् । पारिवारिक सम्वन्ध पनि नराम्रो नभएकाले सम्भवतः यो जोडीको विवाह पनि चाँडै नै हुनेछ । रणबीर कपुर र कट्रिना कैफको जोडी सँगै बस्दै आएको छ ।

विवाहका मामलामा कट्रिना सकारात्मक भए पनि पारिवारिक दवावका कारण रणवीरले निर्णय गर्नै सकेका छैनन् । त्यसकारण यो जोडीको विवाह अनिश्चित बनेको छ । अझै केही महिना सँगै बसेपछि यो जोडीको सम्वन्ध टुट्न सक्ने बलिउडमा अड्कलबाजी छ । आलिया भाट र सिद्धार्थ मनहोत्राको जोडी अर्को हट बलिउड जोडी हो । यी दुईले पनि सँगै रात काटेको खवरहरु बाहिर आइसकेको छ । यद्यपी विवाह सम्वन्धमा भने आलिया सकारात्मक देखिए पनि सिद्धार्थ भने टाढै रहन खोजेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१