प्रेमिकाको घरको गल्ली हुँदै किन हिँडे कृष्ण भण्डारी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार १५:०२

गौरव पोखरेल । झापा   विर्तामोडका युवा गायक तथा संगीतकार कृष्ण
भण्डारीको शब्द, संगीत तथा स्वरमा रहेको पप गीत ‘तिम्रो घरको गल्ली हुँदै
हिँडिरहेँ म…’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

झापाको चारआली, विर्तामोड, बुधबारे, बर्ने (चिया बगान), इलामको कन्याम
लगायतका क्षेत्रमा सुटिङ गरिएको उक्त म्यूजिक भिडियोलाई ‘७८६–संजोग’
एल्बममा समेटिने जनाइएको छ ।

म्यूजिक भिडियोमा झापाली सञ्चारकर्मी मधु न्यौपानेले प्रमिका श्रेया
भण्डारीको घरको गल्ली हुँदै हिँडेको देख्न सकिन्छ । प्रेम प्रसङ्गमा
आधारित उक्त म्यूजिक भिडियोको डाइरेक्सन झापाकै अर्का सञ्चारकर्मी योदिन
एमएल सम्बाहाम्फे लिम्बूले गरेका हुन् ।

“यो म्यूजिक भिडियो पछिल्लो समय सार्वजनिक भएका पप गीतहरु भन्दा वेग्लै
किसिमको छ”, डाइरेक्टर लिम्बूले भने, “विल्कुलै नयाँ कथावस्तुमा आधारित
भिडियो हेरेपछि युवा पुस्ताले आफ्नो प्रेमिकालाई पाउन झेल्नु पर्ने दुःख
बारे स्पष्ट हुन्छ ।”

करिब १ लाखको लगानीमा तयार गरिएको उक्त म्यूजिक भिडियो निर्माण युनिटले
भविष्यमा एउटा कथानक चलचित्र बनाउने योजना लिएको जनाइएको छ ।

‘मोफसलबाट धेरै लगानी गरेर भिडियो तयार गरेका छौं ।’, गायक भण्डारीले
भने, ‘हाम्रो लागि दर्शक र स्रोता भनेको भगवान् हुन् । भिडियो रुचाइदिनु
हुनेछ भन्ने आशा छ ।’

कोशी भिजन मिडिया प्रा.लि. इटहरीको ब्यानरमा निर्माण भएको यस म्यूजिक
भिडियोलाई संग्स नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो

प्रतिक्रिया