‘काम गर्नमा महान बन
कुराभन्दा बढी काम गर’
यी भनाइ राख्ने व्यक्तित्व हुन्–अंग्रेजी साहित्यका उज्जवल नक्षत्र विलियम शेक्सपियर । विश्व साहित्यको इतिहासमा उत्कृष्ट नाटकहरु रचना गरेर आफ्नो पृथक पहिचान बनाउन सफल शेक्सपियरको जीवन–यात्रा संघर्ष नै संघर्षले भरिएको छ ।
रश्र‘वर्ड अफ इभन’ उपनामबाट विभूषित शेक्सपियर मानवजीवनलाई सजीव तरिकाले चित्रण गर्न सक्ने प्रतिभाशाली साहित्यकार हुन् । नाटक र कविता विधालाई सशक्त रुपमा अगाडि बढाउने प्रतिभाका धनी विलियम शेक्सपियरको जन्म सन् १५६४ मा स्ट्राटर्फोड अन एभनमा भएको थियो । उनको जन्म यस्तो परिवारमा भएको थियो, जुन परिवारसँग रोग, भोक, अभाव सिवाय केही थिएन ।
उनका चार दिदी–बहिनी र तीन दाजुभाइ थिए । उनले प्रारम्भिक शिक्षा स्थानीय ग्रामर स्कुलबाट प्राप्त गरे । कडा मिहिनेत गर्दा पनि जीवनको एक छाक टार्न मुस्किल उनको परिवारले उनलाई प्रारम्भिक शिक्षाभन्दा माथि पढाउन सकेनन् । आफ्नो पढाइलाई बीचैमा छाडेर पिताको व्यापारमा सहयोगीकोे भूमिका निर्वाह गर्न थाले । उनले परिवारको समस्या टार्न आफ्नै छिमेकीको मृगको बच्चासमेत चोरे । उनले सन् १५८२ मा किसानकी छोरी उनी हाथवेसँग विवाह गरे । तर, उनी सुन्दरता र विद्वताको धनी एनी बेटलीसँग प्रेम गर्थे ।
सन् १५८८ मा उनी आफ्नो जन्मभूमि छाडेर कर्मको खोजीमा लन्डन गए । ज्ञानका भोका शेक्सपियर आफूले धेरै अध्ययन गर्न नसकेकोमा साह्रै दुःख मान्थे । नाटकमा शेक्सपियरको अगाध रुचि थियो । उनी सुरुको अवस्थामा थिएटरमा नाटक हेर्न आउनेको घोडाको हेरचाहा गर्ने काम गर्थे भने विस्तारै नाटकमा स–साना भूमिका निर्वाह गर्न थाले । हरेक काममा गहिरो अभिरुचि लिएर मात्र काम गर्ने बानीका कारण त्यस बेलामा प्रख्यात नाटककार मारलोवी उनको प्रतिभाबाट प्रभावित थिए ।
मारलोवी ती व्यक्ति हुन्, जसले शेक्सपियरभित्र लुकेको प्रतिभालाई उजागर गरी विश्व प्रख्यात नाटककार बन्न सहयोग गरे । उनीसँगको सहकार्यमा शेक्सपियरले आफूभित्र दबिएर रहेको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गर्ने मौक पाए । मारलोवीको प्रेरणाबाट उनले नाटक र कविता लेख्न थाले । ‘जीवन एउटा गतिशील छायाँ हो’ भन्ने विचार राख्ने शेक्सपियरलाई एक्लो छाडेर मारलोवीले सन् १९५३ मा यस संसारबाट बिदा लिए ।
सेक्सपियरले मानिसले हरेक दुःख कष्ट र अप्ठ्यारो मोडहरुमा आस्था एवं विश्वासको दियोलाई अविचलित भएर प्रज्जवलित राखिराख्नुपर्छ भन्ने मान्यतामा दृढ भएर आफ्नो साहित्यिक यात्रालाई पहिलेको भन्दा पनि अझ मजबुत रुपमा अगाडि बढाए । उनले सर्वप्रथम सन् १५९३ मा ‘भेनस एन एडोनिक’ नामक कविता सिर्जना गरेर आफ्नो साहितिक यात्रा सुरु गरेका थिए । त्यसपछि सन् १५९४ मा ‘द र्याप अफ लसरस’ नामक अर्को कविता प्रकाशित गरे ।
उनका कवितामा मानवतावादी भावना, स्वच्छन्दताको झ–झल्को, प्रेमको महत्व र मानव जीवनको सुन्दर चित्रण पाइन्छ । नाटकको तुलनामा उनले कविता विधामा थोरैमात्र कलम चलाएका छन् । शेक्सपियर आफ्नो कविता सिर्जनामा मानवजीवनका सुन्दर पक्षलाई कलात्मक रुपमा बाहिर ल्याउन सफल भएका छन् ।
उनले सन् १५९४ मा लन्डनको प्रसिद्ध नाटक कम्पनी चेम्वरल्यान्ड नाट्य कम्पनीमा भर्ना भएर नाटकमा अभियान गर्ने र लेखकको भूमिका निर्वाह गर्र्ने काम गरे । असफलताबाट कति पनि विचलित नभइ निरन्तर रुपमा नाट्य लेखनमार्फत् नाट्य अनुरोगी लन्डनबासीको बिस्तारै मन जित्न सफल भए । उनको नाट्य यात्रालाई चार खन्डमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।
विश्व नाट्य बगैँचालाई सुन्दर फूलहरुमाफर्त सुशोभित गर्दै आफ्नो क्षेत्रबाट अविष्मरणीय योगदान गरेका प्रतिभाशाली नाटककार विलियम शेक्सपियरले सन् १६१६ अप्रिल २३ मा यस संसारबाट बिदा लिए । आज उनी हामीमाझ नभएपनि विश्व साहित्यलाई उच्च स्थानमा पुर्याउन गरेको योगदानका कारण मानवसभ्यताको इतिहासमा उनको नाम स्वर्णक्षरले लेखिएको छ । एजेन्सी
प्रतिक्रिया