थरुहटको माग गर्दै अनिश्चितकालीन बर्दिया बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार १२:२६

काठमाडौं २६ साउन । थारु कल्याणकारिणी सभा सङ्घर्ष समिति, बर्दियाले आजदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको छ ।
६ प्रदेशको प्रस्तावित सीमाङ्कनप्रति आपत्ति प्रकट गर्दै थारु समुदायले आफुहरु आनदोलनम उत्रनु परेको बताएका छन् । कञ्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर अनिश्चितकालीन बन्दको घोषणा गरेको हो । बन्दले बर्दियाको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण जिल्ला सरमुकाम गुलरियाबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् भने बजार, शिक्षण संस्थाहरु पनि ठप्प छन् ।

आन्दोलनका कार्यक्रम अनुसार सङ्घर्ष समितिले २६ गतेदेखि अनिश्चितकालीन बर्दिया बन्द, २७ गते बर्दिया जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा जनपरिचालन तथा कोणसभा र २८ गते सदरमुकाम गुलरियामा जनसभाको आयोजना गरिने पत्रकार भेटघाटमार्फत जानकारी गराएको छ ।

माग सम्वोधन नभएसम्म बन्द लगायतका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१