भारतमा सन्नी लियोनलाई देश निकाला गर्न माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार १२:३२

sunny-leoneएजेन्सी । बलिउडमा आइटम गर्लको उपनामले चिनिने राखी सावन्तले अश्लिल वेभसाइटमाथि प्रतिबन्ध लगाउने भारतीय सरकारको निर्णयको स्वागत गरेकी छिन् । उनले यस्ता बेभसाइटसँगै सन्नी लियोनमाथि पनि प्रतिबन्ध लगाउन माग गरिन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंशा गर्दै भनिन्, ‘जून काम ठूला–ठूला प्रधानमन्त्रीले गरेनन् । त्यही काम नरेन्द्र मोदीले गर्नुभयो । म उहाँप्रति आभार व्यक्त गर्दछु ।’ उनले अश्लिल सामाग्रीसँगै सन्नी लियोनमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने बताइन् ।

सन्नीलाई धकेलेर देश निकाला गर्नुपर्ने उनको माग छ । राखीले सन्नीकै कारण अन्य नायिका समेत आफ्नो शरिर देखाउन बाध्य बनेको बताइन् । राखीले इन्टरनेटमा राखिएका अश्लिल सामाग्रीका कारण बालबालिका बिग्रिएको बताइन् ।

यता, केही कलाकारले भने अश्लिल सामाग्रीमाथिको प्रतिबन्धको विरोध गरेका छन् । अभिनेत्री कृतिका कामराले कसैले इन्टरनेटमा यस्ता सामाग्रीमाथि प्रतिबन्ध लगाउँदैमा अश्लिलता नरोकिने दाबी गरिन् । उनले अभिभावक स्वयंम्ले नै बालबालिकाको चिन्ता गर्ने भन्दै सरकारले त्यस्तो बाहानामा स्वतन्त्रतामाथि कुठाराघात गर्न नमिल्ने बताइन् ।

त्यस्तै टेलिभिजन प्रस्तोता करण टैकरले भनेका छन्, ‘जति प्रतिबन्ध लगायो यस्ता सामाग्री हेर्ने इच्छा उत्तिनै बढ्ने छ । मानिसले गोप्य कोठामा गर्ने अश्लिल हर्कतसँग सरकारको कुनै लेनदेन छैन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१