फ्रिमा नयाँ भर्सन विन्डोज टेन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार ०७:२५

विन्डोजको एट पछि नयाँ भर्सन नाइन आउनु पर्ने हो । माइक्रोसफ्टले एटबाट एकै पटक फड्को मारेको छ विन्डोज टेनमा । कम्प्युटर अपरेटिङ सिस्टममा विश्वब्यापी ९० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको विन्डोजको नयाँ भर्सन गत साता डेभलपर कम्पनी माइक्रोसफ्टले सार्वजनिक गरेको छ । तपाईंको पीसीमा इन्स्टल गर्न भने अझै झन्डै २ महिना कुर्नुपर्ने छ ।

प्रतीक्षाको घडी तपाईका लागि मिठै हुने छ । किनभने नयाँ भर्सन तपाईंका लागि सित्तैमा उपलब्ध हुनेछ ।  स्टार्ट मेनु हटाएर धेरै प्रविधि प्रेमीको गाली खाएको माइक्रोसफ्टले उनीहरूलाई खुसी पार्न त्यसलाई फिर्ता ल्याएको छ । स्टार्ट मेनु हटाउँदा धेरैले विन्डोज ८ प्रयोग गर्न रूचाएनन् । अहिले पनि नेटमार्केटसेयर डटकमका अनुसार स्टार्ट मेनु भएको विन्डोज सेभेनको मार्केट सेयर ५७.७ छ ।

त्यो नभएको विन्डोज एटको भने ३.५७ र विन्डोज एट प्वाइन्ट वानको १२.८८ प्रतिशत मात्रै । विन्डोज टेनको खास विशेषता भनेको मोबाइल, ट्याब्लेट, कम्प्युटरलगायत सबै डिभाइसमा चलाउन सकिनु हो । यसको स्टार्ट मेनुमा इमेल, फेसबुक म्यासेज, मौसमको भविष्यबाणी लगायतका मेनु समावेश छन् । यसले प्रयोगकर्तालाई निकै आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१