पहिलोपटक तेस्रोलिङ्गी मोनिकाले पाइन पासपोर्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार ०६:००
काठमाडौँ,२६ साउन । राहदानी विभागले पहिलोपटक लिङ्गको महलमा ‘ओ’ अर्थात् अन्य उल्लेख गरेर राहदानी वितरण गरेको छ ।विभागले आज तेस्रोलिङ्गी मनोज शाही ‘मोनिका’लाई लिङ्गको महलमा ‘ओ’ उल्लेख एमआरपी राहदानी दिएको हो ।विभागका महानिर्देशक लोकबहादुर थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी, अन्तरलिङ्गीलाई नागरिकतामा उल्लेख गरिएको पहिचानअनुसार नै राहदानी वितरण गरेको बताउनुभयो ।कैलाली टीकापुरकी तेस्रोलिङ्गी मोनिकाले ‘ओ’ उल्लेख गरी राहदानी पाएकामा खुसी व्यक्त गर्नुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एवम् पूर्वसभासद् सुनिलबाबु पन्तले पहिचानअनुसार राहदानी दिएर सरकारले नागरिकप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो ।नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले लामो सङ्घर्षपछि पहिचानअनुसारको राहदानी पाउन थालेकामा गर्व महसुस भएको छ भन्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१