घलेको घमन्डले एन आर एन ठुलो विवादमा तनिदै ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार १६:४६
काठमाडौँ – कोठे अधिवेसन मार्फत थाइल्यान्ड को अधिवेसन सम्पन्न गरेको भनेर २०० गैर आवासिय नेपालीहरुले हस्ताक्षर बुझाउदा समेत क्षेत्रिय  संयोजकको रिपोर्ट  बिना एन सि सि लाई बधाई पत्र पठाएपछी अन्तरास्ट्रिय परिषद अध्यक्ष ठुलो बिबाद मा तानिएका छन । अबैधानिक तरिका बाट आफ्नो अनुकुल प्रयोग भएको आरोप उनी माथि लागेको छ ।
गैर आवासिय नेपाली संघ का उपाध्यक्ष टेक बहादुर कार्की ले बिबाद हुँदा हुँदै सल्टाउनु को साटो टिका लगाइ यसरी एन आर एन का राष्ट्रिय शाखाहरुलाई कमजोर  गर्न  गैर आवासिय नेपाली संघ लाई भविष्यमा धराप मा पार्नु हो भनी तुरुन्त सच्याउन माग गरेका छन ।
यो अवस्था रहे थाइल्याण्ड मा एन आर एन भन्ने सस्था नरहन सक्छ भन्दै कुनै हालत मा निर्णय नसच्याइए  त्यस्को हिसाब अब अन्तरास्ट्रिय परिषद को सम्मेलन मा हुने दाबी थाइल्याण्डमा रहेका सदस्यता बाट बन्चित गैर आबसिय हरुको दाबी छ ।
नक्कली डिन बनेर सेश घले लाई प्रभाब मा पारी २००४ साल मा स्थापना भएको एन सि सि थाइल्याण्ड को ईतिहास मा नै सबै भन्दा बिबादित खगेन्द्र ढकाल ले एन आर एन को गरिमा लाई माटो मा मिलएको दाबी गर्न थालिएको छ । १४४ पन्जिक्रित सदस्य मध्य धेरै जसो २ बर्ष भन्दा कम थाइल्यन्ड बसोबास गरेका उनी निकट ब्यक्तिहरु मात्र रहेको त्यस मा पनि ५९ जना ले मात्र अधिबेसन मा भाग लिएको, आफु ले आँफै लाई अध्यक्ष घोषणा गरेका ढकाल र उन्का सहयोगी एन आर एन लाई खुट्किलो पारी सेश घले सग काम गर्न चाहन्छन र यदी एन आर एन मा रहेन भने मौका गुम्ने लोभ ले एन आर एन लाई एक्लौटी प्रयोग गरेको आरोप छ ।
स्रोतका अनुसार उपाध्यक्ष टि बि कार्की ले निर्णय सच्याउन कडा पत्र लेखेका छन यो निर्नय सच्चियन भने यस्को प्रभाब एसिय प्यासेफिक का हरेक देश हुँदै अन्तरास्ट्रिय अधिबेसन मा पर्ने निस्चित प्राय छ , पूर्व महसचिब मिलन घिमिरे र सुनिल खड्का ले पटक पटक बिबाद मिलाउन अनुरोध गर्दै आएका छन । घले ले यस्लाई गम्भिरतपुर्बक नलिय यस्को प्रभाब धेरै देश मा पर्ने र घले को आगामी कार्यकल समेत धराप मा पर्ने कुरा एसिय प्यसेफिक का राष्ट्रहरुमा हुन थालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१