घाँटीमा केरा अड्किँदा दुई वर्षीय बालकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार १२:५८

दमौली, २५ साउन । । तनहुँको सतिस्वाँरा–२ घर भई हाल मिर्लुङ– ६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्गीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले दिएको केरा खाँदा घाँटीमा अड्किएर ती बालकको मृत्यु भएको बताइएको छ ।

राति २ बजे डुम्रेस्थित मोती मेडिकल हलमा पु¥याइएका ती बालकलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भइसकेको बताएका थिए । मृतक बालकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएकोे छ । यसैगरी तनहुँको जामुने गाविस– ५ पसले निवासी २० वर्षीय अभिषेक सुनार विष सेवनबाट गम्भीर घाइते भएका छन् । मुसा मार्ने औषधि खाई घाइते भएका सुनारको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

आज बिहान सुनारले एक्कासि उक्त विष खाएको थाहा पाएपछि परिवारजनले अस्पताल पु¥याएका थिए । उनले विष सेवन गर्नुको कारण भने खुल्न सकेको छैन । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१