गौहत्याको विरोधमा ॐकार परिवारको प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:५९

गौहत्याको विरोधमा निस्केको र्याली 3काठमाडौं, २५ साउन । हिन्दूराष्ट्र कायम गराउन पर्ने, गाईको हत्या बन्द गर्नपर्ने तथा गाईको हत्या गर्नेलाई हदैसम्मको सजाय दिनपर्ने माग गर्दै देशभरी आन्दोलनका कार्यक्रमहरू भइरहेकै अवस्थामा गत शुक्रवार राजधानीको बौद्ध रामहिटीमा गाईको हत्या भएको फेला परेको छ । गाईको हत्या भएको जानकारी पाएपछि धार्मिक पक्ष रुष्ट भएको छ । जानकारी प्राप्त गर्नसाथ शनिवार दिउसो राष्ट्रिय धर्मजागरण अभियानका राष्ट्रिय संयोजक सन्तनेता शङ्करप्रसाद पाण्डेको नेतृत्त्वमा सो स्थलमा पुगेको धार्मिक समूहले भोलीपल्ट अर्थात आइतवार मध्यान्ह १२ः०० बजेसम्ममा हत्यारालाई पक्राउ नगरे आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिएको थियो । हत्यामा संलग्न एकलाई काठमाडौंबाटै शनिवार दिउसो, अर्को एकजनालाई काठमाडौं र नुवाकोटको सिमानाबाट सोहीदिन साँझ पक्राउ गरी बौद्ध प्रहरीले राखेको बताइएको छ ।
हत्यारा पक्राउ परेपछि आइतवार अभियानका केन्द्रीय संयोजक सन्तनेता पाण्डेको अगुवाईमा सो मृतगाईको शवयात्रा निकाली बौद्धदेखि पशुपति आर्यघाट तटको श्लेस्मान्तक वनमा लगेर समाधिस्त गरिएको छ । पं. कैलाश दाहाल मृत गाईको क्रियामा बस्नुभएको छ । अपरान्ह बौद्धबाट निस्किएको सो गोशवयात्रा पशुपतिमा पुग्दा साँझ छ बजेको थियो । बाटोमा शवयात्रामा सरिक हुनेहरू दशौं हजारको संख्यामा रहेको अनुमान गर्न सकिन्थ्यो । शवयात्रा गौशालाको चोकमा आएर केही समय कोणसभामा परिणत भएको थियो । सो कोणसभालाई सन्तनेता शङ्करप्रसाद पाण्डे, गोवर्ती योगी सोमराजलगायतका व्यक्तित्त्वहरूले सम्बोधन गर्नुभएको थियो ।
धर्मनिरपेक्षता मुर्दावाद, हिन्दूराष्ट्र कायम गर, विदेशी दलाल मुर्दावाद, गाईहत्या बन्द गर, गाईको हत्यारालाई फाँसी दे जस्ता नाराले सो गोशवयात्रा गुञ्जिएको थियो भने बाटोमा हिडेका यात्रुहरूले पनि हात उठाएर समर्थनको संकेत दिएका थिए भने भोलीपल्टको साउने सोमवारको व्रतभर्न आइरहेका बोलबमका तीर्थयात्रु एवम् अन्य सबारीसाधनमा यात्रारत यात्रुहरूले पनि सबारी साधनबाटै गोहत्यको विरोधको नारामा साथ दिइरहेका देखिन्थ्ये । धर्मनिरपेक्षता घोषण भएपछि गाईको हत्याक्रम बढ्दै जानुले यहाँ रहेको धार्मिक सहिष्णुता खलबलिनसक्ने चिन्ता सर्वत्रबाट व्यक्त हुन थालेको छ । जसले गर्दा धर्मनिरपेक्षता नेपालको लागि अभिशाप सिद्ध हुँदै गएको महसूस गरिन्छ ।
काठमाडौंमा विराट् धर्मसभा सम्पन्न भएकै दिन साँझ भएको सो गोहत्यालाई सम्बन्धित धर्मक्षेत्रको लागि विरोधी तत्त्वहरूबाट ठूलो चुनौति दिएको बुझ्नु पर्छ । नेपालमा धर्मनिरपेक्षता यहाँका नागरिकको चाहनामा नभएर यहाँ सदियौं देखि अवलम्बन हुँदै आएको मौलिक धर्म सनातन हिन्दूधर्म माथि प्रहार गर्ने र यहाँका जनतालाई आपसमा फुटाएर फुटाउ र राज गरको सिद्धान्तले बाह्य धर्मका एजेण्टहरूको दबाबमा गर्न खोजिएको विद्वान तथा विश्लेषकहरूको भनाइ रहँदै आएको छ । हिन्दूहरूको पूज्य एवम् मातृवत् प्राणी तथा यो मुलुकको राष्ट्रिय जनावरसमेत रहेको गाईलाई मार्न पाउन पर्ने आवाजहरू यो बुद्धभूमिमा उठिरहनुलाई यहाँको मुल्यमान्यता, मौलिकता, धर्मदर्शन, संस्कार, संस्कृतिप्रति बोलिएको धावाको रूपमा बुझ्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१