लोककल्याणकारीमा वढेको रकम उपलब्ध गराउन तयार छु ः मन्त्री रिजाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार ०६:५९

रामकृष्ण अधिकारी / काठमाडौं, २१  जेठ ।

सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले चालु आर्थिक वर्षमा ब्यवस्था भएवमोजिम पत्रपत्रिकाले पाउने लोककल्यणकारी विज्ञापनको रकम उपलब्ध गराउन आफुले पहल कदमी लिईरहेको वताएका छन् । चालु आर्थिक वर्षमा सरकारले लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत वजेट वढाएपनि सञ्चारमाध्यमहरुले पाउन नसकेको भन्दै ज्ञापनपत्र वुझाउन पुगेका पत्रकारहरुको टोलीसँग मन्त्री रिजालले त्यस्तो वताएका हुन् । 480X320_7d3a7f4fd62a405a59724562607c467b
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अगुवाईमा सञ्चारमन्त्रालय पुगेका पत्रकारको टोलीसँग मन्त्री रिजालले लोककल्यणकारी विज्ञापन साना लगानीका पत्रपत्रिकाको जीवन वचाउने माध्यम भएकोले वढेको रकम दिलाउन आफु जिम्मेवार भएर लागेको वताएका हुन् ।
‘म तपाईहरुले पाउनुपर्ने रकम पाउनुपर्छ भन्ने पक्षमै छु’ मन्त्री रिजालले भने, ‘गएको साउनदेखिनै रकम उपलब्ध गराउन म सिरियस्ली नै लागेको छु ।’ उनले अवको केही दिनमै सञ्चारमाध्यमले वढेको २५ प्रतिशत रकम पाउनेमा आशावादी वन्न पनि पत्रकारलाई आग्रह गरे । त्यस्तै, मन्त्री रिजालले नेपाल–भारतवीच सास्कृतिक सम्झौता अनुसार नेपाली पत्रपत्रिका हुलाकमार्फत सहुलियत रुपमा भारत पठाउन सकिने ब्यवस्था मिलाउन माहासंघले गरेको मागका विषयमा पनि आफुले अध्ययन गरेर ठोस कदम चाल्ने प्रतिवद्धता जनाएको पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रामकृष्ण अधिकारलिे जानकारी दिए ।
पत्रकार महासंघ काठमाडौं शाखाले पत्रपत्रिका वर्गीकरणमा परेपछि पाउनुपर्ने लोककल्याणकारी विज्ञापनको रकम उपलबध गराउनुपर्ने, अहिले वर्गीकरणमा परेपछिको दुईवर्ष पछि मात्रै रकम दिने अब्यवहारिक निर्णय खारेज गराउनुपर्ने, गत वर्ष पत्रपत्रिकाका लागि भनी वढाईएको २५ प्रतिशत रकम तत्काल उपलब्ध गराउनु पर्ने, विधुतिय मिडीयाले पाउने लोककल्याणकारी विज्ञापनको रकम सुचना विभागवाट दिने ब्यवस्था मिलाउनु पर्ने लगायतका ७ सुत्रिय माग मन्त्री रिजाललाई वुझाएको सचिव अधिकारीले जानकारी दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अर्थमन्त्री डा रामशरण महतलाई पनि ज्ञापनपत्र वुझाएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१