अमेरिकी आक्रमणको पाकिस्तानद्धारा निन्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:४४

2015_6largeimg204_Jun_2015_142053047पाकिस्तानले उत्तरी वाजिरिस्तानमा भएको अमेरिकी चालकरहित विमान आक्रमणको निन्दा गरेको छ । तालिवान र अन्य आतङ्ककारी समूहसँग पाकिस्तानी सुरक्षाबलको झडप जारी राखेको अवस्थामा सो आक्रमण भएको जनाइएको छ । उत्तरी बाजिरिस्तानको दत्ताखेल क्षेत्रमा एक भवनलाई लक्ष्यगरी बिहीबार अबेर राति अमेरिकी चालकरहित विमानबाट दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ ।

सो आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको जनाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ । उत्तरी वाजिरिस्तानको लवारा मन्दी क्षेत्रमा ६ अगस्त २०१५ मा सो आक्रमण भएको जनााइएको छ । यस क्षेत्रमा अमेरिकी यस्ता विमानले यसअघि पनि आक्रमण गर्ने गरेका थिए ।

यस हवाई आक्रमणबाट क्षेत्रीय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको अपमान भएको पाकिस्तानका विदेशमन्त्रीले बताउनुभएको छ । उहाँले शुक्रबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा जनाउनु भएको हो । अमेरिकाले पाकिस्तानमा जारी राखेको हवाई आक्रमण केही समययता कम गरेको थियो । पाकिस्तानी नागरिक र सरकारले आलोचना गरेका कारण सो आक्रमण कम गरेको भए पनि फेरि शुक्रबार यो आक्रमण गरेको जनाइएको छ ।

यसअघि गत जुनमा अमेरिकाले पछिल्लो हवाई आक्रमण गरेको जनाइएको छ । त्यस आक्रमणको पाकिस्तानमा निकै विरोध भएको थियो । सुरक्षा अधिकारीका अनुसार उत्तरी बाजिरिस्तानमा जारी भीषण सैनिक कारबाहीको कारण कयौँ तालिवान र अन्य आतङ्ककारीहरू त्यहाँबाट भागेका थिए ।

हाल आएर ती आतङ्काकारीहरू दत्ताखेल र सावाल क्षेत्रमा लुकेर बसेको अमेरिकी सैनिकले जनाएका छ । तिनै आतङ्ककारीलाई लक्ष्यगरी यो अक्रमण जारी राखिएको अमेरिकी सेनाको भनाई छ । तर पाकिस्तान सरकार र नागरिकले भने यस्तो आक्रमणमा आतङ्ककारी नभएर सर्वसाधारण मारिने गरेको भन्दै यस्तो आक्रमणको विरोध गर्ने गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१