विश्व–११ सँग नेपाल ३७ रनले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:०५

1

कामाठमाडौ, । ‘ब्याट फर नेपाल’ क्रिकेट प्रतियोगितामा विश्व–११ सँग नेपाल ३७ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ ले १९.४ ओभरमा सवै विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल–११ १९.४ ओभरमा सवै विकेट गुमाएर मात्र ९८ रन बनाएको छ ।
नेपालका अनिल मण्डल र राजु रिमालले समान १७ रन बनाए भने नरेश बुढाऐर र सिद्धान्द लोहनीले सामान १३ रन बनाए । अन्य खेलाडी भने क्रिजमा लामो समय टिक्न सकेनन् ।
विश्व–११ का लागि मार्कुस स्टाइनिसले ४८ रन बनाए । २३ बल खेलेका उनले ८ चौका र एक छक्कासहित ४८ रन बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१