आउन थाले तीजका गीत, मिसिन थाल्यो हास्यव्याङ्ग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:०१

Kala

काठमाडौं । महिलाहरुको महान पर्व तीज नजिकिँदै जाँदा तीज गीतहरु रेकर्ड गराउने श्रृङ्खला बढ्दो छ ।

अझ तीज गीतमा हाँस्यव्यङ्ग राख्नेहरु पनि कम छैनन् । यहि क्रममा एक नयाँ गीतले आफ्नो रेकडिङ र सुटिङ सम्पन्न गरेको छ ।

हाँस्य कलाकार उज्जल दानबिरलाई हाँस्य पाटोमा राख्दै सुपारी म्यूजिकले ‘भाँच्न कम्मर भाँच’ नामक तीज गीत बजारमा ल्याउन लागेको हो ।

बब्बु थापा र सुष्मा अधिकारीको अभिनय रहेको उक्त तीज गीतको दृष्य निर्माण एकता फिल्मस्ले गरेको छ ।

दुर्गा पौडेलको छायाङ्कन र बब्बु थापाको निर्देशणमा तयार उक्त गीतमा राजेन्द्र कँडेल र शिलु भट्टराईले स्वर दिएका छन् ।

कृष्ण बाबुको शब्द रहेको उक्त गीतमा राजेन्द्र कँडेल स्वयमले लय दिएका छन् । आवल्नो गीतमा फरक शब्द र लय रहेको कृष्ण बाबुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१