मलेसियामा नेपाली युवाको अपहरण, अबस्था अज्ञात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार ०६:५०
प्रदिप राई /  क्वालालम्पुर मलेसिया, एक हप्ता अघि मलेसियामा अपहरणमा परेका एक नेपाली युवाको अवस्था अहिलेसम्म पनि अज्ञात छ ।रुपन्देहीको मक्राटार गाविस ९ विजयपुरका मनिराम केवट अपहरणमा परेका हुन् । गत मंगलवार बिहान मलेसियाको केपुङ्गको सिङ्गजाङ्ग बसपार्कबाट केही व्यक्तिको अपहरणमा परेका उनी ६ दिन वितिसक्दा पनि सम्पर्कमा छ्रैनन् ।
उनको खोजीका लागीसाथीहरुले अपिल गरेका छन् । अबैधानिक रुपमा मलेसियामा कार्यरत रहेका केवट घर फर्किने तयारीमा थिए । नेपाली राजदुतवास जान साथी रामनवल हरिजनसंगै बसपार्कमा रहेका उनलाई स्थानिय तामीलमुलका व्यक्तिले अपहरण गरेका थिए । अपहरणबाट साथी रामनवल भाग्न सफल भएको जिफन्ट मलेसियाका अध्यक्ष जनक विकले जानकारी दिए । विकका अनुसार केवटको खोजीका लागी सोमवार नेपाली राजदुतवासमा र स्थानीय प्रहरी चौकीसँग पहल गरिदैँछ ।get_img
केवटकोे साथबाट नेपाली ४० हजार रुपैंया बराबरको रकम, मोबाइल र घर फिर्तीका लागि चाहिने कागजात समेत रहेको उनका साथी रामनवलले जानकारी दिए । केवटका २ छोरी र १ छोरा छन् । ७ महिना अगाडि काठमाडौको निभन ओभरसिजबाट मलेसियाको मुहारस्थित सिनुटा स्टार फर्निचर कम्पनीमा काम गर्न आएका थिए । फर्निचर कम्पनीमा राम्रो काम र तलब नभएको भन्दै १ महिना पछि नै उनी अबैधानिक बनेर केपुङ्गमा काम गर्दै आएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१