मेरो बिहे किन भएन त्यो शम्भुलाई सोध्नुपर्छ : दिपाश्री निरौला (हाँस्य कलाकार)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार १६:३०

सुरु—सुरुमा हाँस्य कलाकार दिपाश्री निरौलालाई लाखौ दर्शकहरुले “धनिया” नामले चिने । त्यसपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृखला तितो सत्यमा उनी हाँस्य कलाकार दिपकराज गिरीको श्रीमतीको भुमिकामा अभिनय गरेपछि धेरैले उनलाई दिपकराज गिरी कै वास्तविक श्रीमती भनेर पनि चिने तर उनी अहिलेसम्म अबिबाहित नै छिन् । हँसिलो स्वभाबकी दिपा हाँस्य कलाकार मात्र होइन उनी चलचित्र निर्मात्री समेत बनिसकेकी छिन् । ६ एकान ६ निर्माण गरेपछि उनी हाँस्य कलाकारसगैं निर्मात्रीको रुपमा पनि परिचय बनाइन । त्यस्तै अहिले हाँस्य कलाकार दिपकराज गिरी, निर्मल शर्मा लगायतका कलाकारहरुसँग मिलेर अर्को चलचित्र वडा नम्बर ६ निर्माण गरेकी दिपा यो चलचित्रलाई पनि दर्शकहरुले मनपराउनेमा पुर्ण विस्वस्त छिन् । असोज १ गतेबाट देशव्याप्पी प्रदर्शनमा आउन लागेको चलचित्र वडा नम्बर ६ र उनको रियल जिन्दगीको बारेमा राष्ट्रिय खबर डटकमका सह—सम्पादक मनिष दाहालले गर्नुभएको कुराकानी :

deepa shree1  १. अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले विशेषत चलचित्र वडा नम्बर ६ को प्रमोशनमा व्यस्त छौं । असोज १ गतेबाट देशव्यापी प्रदर्शनमा वडा नम्बर ६ आउन लागेका कारण त्यसैका लागि दौडधुप सुरु भएको छ ।

२. यस अघि निर्माण गर्नुभएको चलचित्र ६ एकान ६ सफल भएर वडा नम्बर ६ निर्माण गर्नुभएको हो वा चलचित्र निर्माण गर्ने क्रमलाई निरन्तरता दिनुभएको हो ?
दुई वटै हो । सायद चलचित्र ६ एकान ६ असफल भएको भएगाह्रो हुन्थ्यो होला किनकी त्यति बेला हामीलाई एककिसिमको डर पनि थियो । किनकी टिभीका आर्टिष्टहरुले के नै पो गर्लान र भन्ने थियो । र चलचित्र ६ एकान ६ लाई निकै मन पराएपछि हामी पुन दर्शकहरुको मायालाई साट्नका लागि वडा नम्बर ६ लिएर दर्शक माझ आउन लागेका हौं ।

३. ६ एकान ६ त सफल भयो तर वडा नम्बर ६ पनि चल्छ भन्नेमा विस्वस्त चाहिँ कतिको हुनुहुन्छ ?
हामीलाई ६ एकान ६ मा ९५ प्रतिशत चल्छ भन्ने थियो भने अहिले वडा नम्बर ६ मा १०५ प्रतिशत चल्छ भन्नेमा पुर्ण विस्वस्त छौं ।

deepa shree123४. यस अघि चलचित्र ६ एकान ६ सँग ४ वटा चलचित्र पनि एकसाथ प्रदर्शनमा आएका थिए । यो पटक कुनै चलचित्र प्रतिस्पद्र्यामा उत्रिएका छन् ?
छैनन् । अहिलेसम्म चाहिँ हामी मात्र छौं ।

५. यदि कुनै चलचित्र प्रदर्शनमा आए प्रदर्शन मिति सार्न सक्ने सम्भावना छ की छैंन ?
अहिलेसम्म वितरकहरुसँग कुरा गर्दा त्यो अबस्था छैंन र प्रदर्शन मिति सारिदैंन पनि ।

६. वडा नम्बर ६ प्रदर्शनमा नआउदैं अर्को चलचित्र “छ भने माया छपक्कै लाइदेउ” नामक चलचित्र पनि निर्माण गर्दैहुनुहुन्छ रे र उक्त चलचित्रलाई तपाईले नै निर्देशन गर्ने जिम्मा पाउनुभएको छ भन्ने खबर बाहिर आएको छ नी यस विषयमा के भन्नुहुन्छ ?
चलचित्र त गर्ने हो र निरन्तरता त दिइरहन्छौं । र चलचित्र “छ भने माया छपक्कै लाइदेउ” लाई यो पटक मैले निर्देशन गर्ने जिम्मा दिनुभएको छ । तर निर्देशनमा मेरो नाम आएपनि काम गर्ने भनेको टिमले नै हो ।

७. ६ एकान ६ भन्दा वडा नम्बर ६ मा चाहिँ फरक के छ ?
६ एकान ६ मा चाहिँ एउटा केटीको वरिपरीमा रहेर चलचित्र घुमेको थियो तर वडा नम्बर ६ मा भने चाहिँ एउटा गहन विषयलाई उठाएका छौं ।

७. तपाईहरुले पहिलो चलचित्र ६ एकान ६ बाट वडा नम्बर ६ र अब “छ भने माया छपक्कै लाइदेउ” निर्माण गर्दै हुनुहुन्छ । ६ अंक चाहिँ तपाईहरुले दर्शकहरुलाई सम्झन सजिलो होस भनेर राख्नु भएको हो वा अरु नै केहि छ ?
६ भन्ने शब्द एउटा सकारात्मक शब्द हो । ६ भन्ने शब्दले मानिसको मुहारमा एउटा खुसी ल्याउछ । यो संयोग पनि मिलेको हो । र ६ हामीलाई लक्की नम्बर पनि सावित भयो ।

८. बाहिर आएको खबर अनुसार ६ एकान ६ मा अभिनय गरेकी नायिका निता ढुंगानासँग तपाईहरुको सम्बन्ध चिसिदै गएपछि वडा नम्बर ६ मा नायिका प्रियंका कार्की भित्राएको भन्ने खबर छ नी ?
त्यो सरासर गलत कुरा हो । हामी चाहिँ कथा बस्तु अनुसार कुनै पनि कलाकारलाई राख्छौं । त्यसै गरि ६ एकान ६ मा दिनेश डिसी दाई निर्देशक हुनुहुन्थ्यो अहिले उज्वल घिमिरे निर्देशक हुनुहुन्छ । कथा बस्तु अनुसार निर्देशक पनि चयन हुने र कथाबस्तु अनुसार नै कलाकार छनोट हुने गर्छन । र अर्को राम्रो फिल्म आयो भने नायिका निता पनि हिरोइन हुनसक्छ ।

९.चलचित्र “छ भने माया छपक्कै लाइदेउ” मा चाहिँ नायिका प्रियंका कार्की रहनुहुन्छ वा रहनुहुँदैन ?
अहिलेसम्म केहि पनि थाहा छैंन । हामी अहिले वडा नम्बर ६ को प्रमोशनमा व्यस्त छौं । यो चलचित्र प्रदर्शनमा आइसके पछि त्यो विषयमा पनि सोच्ने छौं र अहिलेसम्म निर्देशकको जिम्मा मलाई लगाउनु भएको छ तर यस भन्दा बाहेक अरु कोहिँ पनि पक्का हुनुभएको छैंन ।

१०. अहिले तितो सत्यलाई कसरी लगि रहनुभएको छ ?
तितो सत्य त अहिले छैन भन्दा पनि हुन्छ । पुराना श्रृखलाहरु पुन प्रशारण भइरहेको छन । अहिले हाम्रो आन्तरिक मिलिरहेको छैंन । सायद यो हप्तामा कुरा मिल्छ होला ।

११. फिल्मले गर्दा तितो सत्यलाई समय नपुगेको त होइन ?
त्यस्तो होइन । तितो सत्यबाटै उर्मिएका कलाकरहरु हौं त्यसरी समय नै नदिएको भन्ने होइन ।

१२. हाँस्य कलाकारहरु लिएर तपाईहरुले दुवै वटा चलचित्र अर्थात ६ एकान ६ र वडा नम्बर ६ निर्माण गर्नुभयो । हाँस्य कलाकारहरुको कै कारण तपाईहरुले निर्माण गरेको चलचित्र चलेको हो भन्दा के फरक पर्छ ?
चलचित्र दर्शकहरुले माया गरेकी कलाकारहरुकै कारण चल्ने हो । अब हाम्रो तेस्रो चलचित्रबाट के थाहा अरु नै कलाकारहरु ल्याउन सक्छौ की ? तर हामीले हाँस्य चलचित्र निर्माण गर्ने गरेको र दर्शकहरुलेपनि त्यस्ता नै चलचित्र माग गरिरहेका कारणले गर्दा चलचित्रमा हाँस्य कलाकार राखिएको हो ।

१३. तपाईको जन्म चाहिँ कहाँ भएको हो ?
मेरो जन्म विराटनगरमा भएको हो ।

deepa shree12१४. विराटनगरबाट काठमाडौं आएपछि कलाकार बन्छु भनेर आउनु भयो थियो वा अरु नै । अनि के कस्ता दुख गर्नु पर्यो काठमाडौंमा रहदाँ ?
हो कलाकार बन्ने लक्ष्यका साथ नै काठमाडौं आएका थियो । दुख त कति गरियो गरियो । शब्दमा बर्णन गर्ने कुनै शब्द नै छैन ।

१५. अहिलेसम्म बिबाह चाहिँ किन नगर्नुभएको । नभेटेर हो वा भेटेर पनि विवाह गर्नुभएको हो ?
अहिले साउन महिना छ शम्भुलाई नै सोध्नु पर्छ यो कुरा चाहिँ । तर अहिले म आफ्नो करियरसँग बिवाह गरिरहेको छु ।

६. तपाईलाई यहाँसम्म ल्याइपुर्याउन साथ दिने व्यक्तिहरु को को हुन ?
मेरो आमा बुबा ।

१७. अन्तत : तपाई आफ्ना दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?
हामीले निर्माण गरेको चलचित्र वडा नम्बर ६ यहि असोज १ गतेबाट देशव्यापी प्रदर्शनमा आउदैंछ । हामीले धेरै फरक दिएका छौ त भन्दैनौं तर चलचित्र हेरिरहदाँ भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१