काठमाडौं, २४ साउन । ग्रीन क्लिन अर्गानिक नेपाल ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टिङ्ग प्राइभेट लिमिटेडले थाइल्याण्डस्थित जरुपव म्यानुफयाक्चरिङ्ग कम्पनीद्वारा उत्पादित विश्व विख्यात कृषि क्षेत्रमा प्रयोग हुने अर्गानिक जैविक मल, जैविक विषादी तथा औषधी, झोल मल तथा जनावरलाई खुवाइने जैविक खाना बजारमा भित्र्याएको छ । ग्रीन क्लिन अर्गानिक नेपालका कार्यकारी अध्यक्ष दीपेन्द्र शाहीका अनुसार उत्पादक कम्पनी जोरुपवले मुख्यगरी समुद्री माछाको बाहिरी खोल तथा प्राकृतिक जडिबुटीको समिश्रणबाट निर्माण भएको जैविक मल, बिषादी तथा खाना शत प्रतिशत शुद्ध र रसायनिक बिषादी रहित भएको दावी गरे । ग्रीन क्लिनले जैविक झोल मल, जैविक विषादी, जैविक फुड सप्लिमेन्ट्री, जैविक दाना भित्र्याएको हो ।
प्रतिक्रिया