फेसबुकका प्रयोगकर्ताहरुलाई भिडियो सेवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ११:५५

विश्वकै चर्चित एवम् लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्ना सेवाहरुलाई थप प्रभावकारी बनाउन दिन दिनै केही न केही परिमार्जन गरिरहेको हुन्छ । सोशल नेटवर्किङ साइट फेसबुकमा पछिल्लो समय भिडियो सेवा निकै प्रभावकारी बन्दै गएको छ । फेसबुकमा अपलोड गरेर शेयर गरिएका यस्ता भिडियोहरुको संख्या ४ अरब नाघिसकेको छ ।

faceअझै रोचक कुरा त के भने भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने सामाग्री बनिसकेको छ । ‘टेकक्रंच’ वेवसाइटका अनुसार फेसबुकले आफ्नो भिडियोमा एउटा नयाँ फिचर थपेको छ । अब तपाईंले फेसबुकमा शेयर भएका भिडियोहरु आफूले चाहेको बेला हेर्न सक्नुहुन्छ । यसका लागि भिडियोमा ‘वाच लेटर’ बटन खिच्नु पर्नेछ । फेसबुक भिडियोमा माउसको क्रसर लैजानुभयो भने दाहिनेपट्टी माथी कुनामा ‘वाच लेटर’ बटन देखिन्छ । त्यसमा क्लिक गरेपछि त्यो भिडियो स्वत: तपाईंको अकाउन्टमा सेभ हुन्छ । अनि चाहेको समयमा हेर्न सक्नुहुन्छ । मोबाइलबाट हेर्दा भने मोर मेनुमा यो अप्सन देखिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१