होटलमा भएको आक्रमणमा एक नेपालीसहित १३ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ११:३९

afएजेन्सी । अफ्रिकन मुलुक मालीको एक होटलमा भएको आतंकबादी आक्रमणमा एक नेपालीसहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा संयुक्त राष्ट्र संघका ५ कर्मचारी पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघका अन्य ४ जना कर्मचारीलाई २४ घण्टाको घेराबन्दीपछि सकुसल उद्धार गरिएको बीबीसीले जनाएको छ । सो होटलमा इस्लामिक विद्रोही समूह आइएसले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । भिडन्तमा ३ जना आक्रमणकारीसहित ५ जना मालीका सैनिकको पनि मृत्यु भएको छ । संयुक्त राष्ट्र संघद्वारा जारी विज्ञप्तिमा आक्रमणमा २ जना युक्रेनी, एक नेपाली , एकसाउथ अफ्रिकन र एकजना मालीकै नागरीक मारिएको उल्लेख छ । मालीको दक्षिणी क्षेत्रमा सरकारी सेना स्लामिक विद्रोहीबीच केहि वर्ष यता संघर्ष जारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१