सन्नी लियोनलाई भारतमा प्रतिबन्ध गर्नुपर्छ : राखी सावन्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ११:०८

कुनै समय निकै मिल्ने साथी रहेका बलिउडकी आइटम गर्ल राखी सावन्त र अभिनेत्री सन्नी लियोन अहिले दुश्मन जस्तो व्यबहार गर्छन । सन्नी राखीको बारेमा खासै अभिव्यक्ति दिएपनि राखी भने सनीको बारेमा विभिन्न कुरा गरिरहेकी हुन्छिन् । त्यहि क्रममा राखीले सनीको विरुद्धमा पुन एकपटक सनसनी पुर्ण अभिव्यक्ति दिएकी छिन् । पोर्न वेबसाइटमा प्रतिबन्ध लगाउने भारतीय सरकारको निर्णयलाई समर्थन गर्दै गर्दा सनीलाई भारतबाट पनि प्रतिबन्ध गर्नु पर्ने राखीले बताएकी छिन् । एक अंग्रेजी समाचारपत्रमा कुराकानी गर्दै राखी सावन्तले भनिन्, ‘जुन काम ठूला ठूला प्रधानमन्त्रीले गर्न सकेनन्, त्यो काम मोदीजीले गरेर देखाए । म मोदीजीलाई धन्यवाद भन्न चाहन्छु ।’हरेक स्कूलमा पोर्न वेबसाइट हेरिन्छ । ११ वर्षका बच्चाहरु स्कूलमा बसेर पोर्न हेर्छन् । बच्चालाई मोबाइल र ल्यापटप दिइन्छ ।

sunny-rakhi यही कारण उनीहरु बिग्रिरहेका छन्,’ राखी भन्छिन्, ‘पोर्नका साथै सन्नी लियोनलाई पनि भारतमा प्रतिबन्ध गर्नुपर्छ । उनलाई यहाँबाट घिसारेर बाहिर निकाल्न आवश्यक छ ।’ बलिउडमा सन्नी लियोनका कारण नै अंगप्रदर्शनको होडबाजी चलेको राखी बताउँछिन् । उनी भन्छिन्, ‘सन्नीका कारण नै अरु अभिनेत्रीहरुले पनि अंगप्रर्दशन गर्नुपरिरहेको छ ।’ थुप्रै कलाकारले पोर्नमाथिको प्रतिबन्धमा आफ्नो असन्तुष्टि देखाएइरहेको बेला राखीले भने पोर्न वेबसाइटमा प्रतिबन्ध लाई स्वागत गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१