७५ जिल्लामध्ये तीन जिल्ला टुक्रियो, कुन जिल्ला कुन प्रदेशमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार १०:४५

काठमाडौं, २४ साउन । मुख्य दलका शीर्ष नेताहरुबीचको लामो संवादपछि ६ प्रदेशमा सहमति जुटेको छ । सहमतिअनुसार ७५ जिल्लामध्ये तीन जिल्ला मात्र टुक्रिएका छन् । यी जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी रहेका छन् । प्रदेश ४ मा बागलुङको पूर्वी भाग र नवलपरासीको (बर्दघाट सुस्ता पूर्व भाग), प्रदेश ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम भाग), बागलुङ पश्चिम भाग, रुकुम पूर्वी भाग र प्रदेश ६ मा रुकुमको पश्चिम भाग परेको छ । पर्सादेखि सप्तरीसम्मको प्रदेश २ र नवलपरासी (पश्चिम) देखि बर्दियासम्मको प्रदेश ५ ले भारतको सीमालाई मात्रै छुने भएको छ । अन्य चार प्रदेशले भने भारत र चीन दुवैको सीमा छोएको छ । प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन् । यसैगरी प्रदेश २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहने प्रस्ताव छ ।

nepal mapप्रदेश ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर गरी १३ जिल्ला परेका छन् । यस्तै प्रदेश नं ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी(दाउन्ने पूर्व) रहने छन् । प्रदेश नं ५ मा नवलपरासी (दाउन्ने पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग), रुकुम (पूर्वी भाग), सल्यान, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया रहनेछ । प्रदेश नं ६ मा रुकुम (पश्चिम भाग) डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली रहनेछन् । उक्त विभाजनमा एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले फरक मत राखेका छन् ।
रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१