अख्तियारद्धारा जिविसको कागजात नियन्त्रणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार १०:३१

एस.पी.गौरब
सर्लाही २४ साउन । पछिल्लो समयमा निकै शंकास्पद काम गरेको आरोप लागेको सर्लाहीको जिल्ला विकास समितिको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आर्थिक वर्ष २०७१/०७२ भित्रै संचालन गर्नुपर्ने योजनाहरुको उपभोक्ता समितिसँग कमिशन लिएर बिना कागजात चेक भुक्तानी दिएको गुनासो आएपछि अख्तियारको टोलीले सर्लाही जिविसमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । अख्तियारले जिविसको श्रेस्ता कागजातहरु बिना काटिएको चेक, नियम विपरीत वितरण गरिएको अतिरिक्त भ्रमण भत्ता, असार मसान्त भित्र सम्पन्न हुन नसकेको विवरणहरु उल्लेख गरि उक्त कार्यक्रम वापतको रकम फ्रिज भएको व्यहोरा सम्वन्धित वैंकमा पठाई सक्नु पर्ने भएपनि सोको विवरण तयार पारी हस्ताक्षर समेत गरिएको भए पनि हाल सम्म नपठाई राखिएको भेटिएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्ला विकास समितिको लेखा शाखा र प्रशासन शाखामा छापामारी कागजात बरामत गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१