सामसङले ल्यायो सस्तो ४जी स्मार्टफोन, यस्ता छन् विशेषता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ०७:१७

phpThumb.php-7501काठमाडौं,२४ साउन  । स्मार्टफोनको दुनियाँमा ४जीलाई प्रतिस्पर्धामा टक्कर दिनको लागि सामसङले सोमबार सस्तो फोन लञ्च गरेको छ । सामसङ ग्यालेक्सी ग्राण्ड प्राइम ४जी नामक यो फोनको मूल्य १७ हजार ७ सय ६० रुपैयाँ छ । यो डुअल सिम (माइक्रो–सिम) फोन  हो र पछिल्लो वर्ष सेप्टेम्बरमा बजारमा आएको थ्रीजी फोनजस्तै देखिन्छ । स्मरण रहोस्, सामसङको यो ४जी लीगमा अहिलेसम्म १४ वटा मोडल लञ्च भइसकेको छ । योभन्दा पहिले सामसङ ग्यालेक्सी कोर प्राइम ४जी ग्यालेक्सी जे१ ४जी फेब्रुअरीमा लञ्च भइसकेको छ । यसमा एन्ड्रोइड ५.१ ललिपप आउट अफ द बक्स अपरेटिङ सिस्टम छ । यस्ता छन् यो फोनको विशेषताः डिस्प्लेः ५ इन्च प्रोसेसरः १.२ गिगाहर्ज फ्रन्ट क्यामराः ५ मेगापिक्सल रियर क्यामराः ८ मेगापिक्सल, एलइडी फ्ल्यास रिजोलुसनः ५४०X ९६० पिक्सल ओएसः एन्ड्रोइड ५.१ र्यामः १ जीबी स्टोरेजः ८ जीबी ब्याट्रि क्यापासिटीः २६०० एमएएच, अर्थात १४ घण्टाको टक टाइम कनेक्टिभिटीः ब्लूटूथ ४.०, वाइफाइ डाइरेक्ट, जीपीएस, ग्लोनएस र थ्रीजी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१