
संसारमा सबैभन्दा धेरै कमाउने अभिनेतामा बलिउडका तीन अभिनेता परेका छन् । फोब्र्सको पहिलो ग्लोबल लिस्टमा अमिताभ बच्चन, सलमान खान र अक्षय कुमार सबैभन्दा धेरै कमाउने अभिनेताको सूचीमा परेका हुन् । सबैलाई आश्चार्यमा पारेको कुरा के हो भने, अमिताभले यो उमेरमा पनि सलमानको बराबर कमाई गरिरहेका देखिएको छ । अमिताभले अहिले पनि २ सय ११ करोड रुपैँया कमाइरहेका फोब्र्सले जनाएको छ । यस्तै बलिउड अभिनेता अक्षय कुमार २ सय ९ करोडसँगै उक्त सूचीको नवौँ स्थानमा छन् ।
त्यस्तै अभिनेता शाहरुख खान १ सय ६४ करोड कमाईसँगै अठारौ स्थानमा छन् । अभिनेता रनवीर कपुर ९५ करोडको कमाईसँगै तिसौँ स्थानमा देखिएका छन् ।
संसारमा धेरै कमाउने उत्कृष्ट दश अभिनेता यी हुन् ।
१ रोबर्ट डाउनी जुनियर- ५ सय ६ करोड
२ जैकी चैन -३ सय १६ करोढ
३ वीन डिजल -२ सय ९७ करोड
४ ब्रेडली कपुर -२ सय ६२ करोड
५ एडम सैडलर -२ सय ५९ करोड
६ टोम कु्रज – २ सय ५३ करोड
७ अमिताभ बच्चन – २ सय ११ करोड
८ सलमान खान – २ सय ११ करोड
९ अक्षय कुमार -२ सय ६ करोड
१० मार्क बाहलवर्ग – ३२ मिलियन डलर
प्रतिक्रिया