काठमाडौं, २२ साउन । माइतीघर–नयाँ वानेश्वर ६ लेनको सडकमा शुक्रबार दिउसो अनौठो दृश्य देखियो। हजारौं गाडी हुइँकिने व्यस्त सडकमा लामबद्ध भएर महिला सुतेको देख्दा वरपरकाहरु छक्क परे। सडकमा महिला सुत्दा माइतीघर–नयाँ वानेश्वर सडक एक घन्टा अवरुद्ध भयो। नयाँ संविधानमा महिला हक स्थापित गराउन महिला मानवअधिकार राष्ट्रिय सञ्जालको अगुवाइमा सडक आन्दोलन भएको हो। प्रदर्शनकारी महिलाले ‘र होइन’ वा ‘गर प्रजनन’ अधिकार सुनिश्चित गर जस्ता नारा लगाएका थिए।
करिब दुई दर्जन संस्थामा आवद्ध महिलाहरु आगामी संविधानमा सुकुम्बासी तथा महिला अधिकारका मुद्दाहरु स्थापित गर्ने भन्दै यो रुपको आन्दोलनमा ओर्लेका हुन् । आन्दोलनकारीमा बालिकाहरुदेखि वृद्धासम्म थिए । केही किशोरहरुले पनि उनीहरुलाई साथ दिएका थिए । करिब दुई सयको संख्यामा रहेका महिला आन्दोलनकारीले एक घण्टाजति बानेश्वरको सडक अवरुद्ध बनाए । अन्त्यमा हातेमाइकबाट भाषण ठोके र हिँडे ।
प्रतिक्रिया