चार खुट्टा भएको सर्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७२, शुक्रबार १४:३६

snake‘सर्पको खुट्टा सर्पले नै देख्छ ।’ नेपालीमा एउटा उखानै छ । तर ब्राजिलमा सर्पले मात्र होइन मान्छेले पनि देख्ने खुट्टा भएको सर्प भेटिएको छ । ब्राजिलमा पहिलो पटक चार खुट्टा भएको सर्प फेला परेको हो । तर यो खुट भएको सर्प जीवित भने भेटिएको होइन । वैज्ञानिकले झण्डै ११ करोड वर्ष पुरानो अवशेष भेटेका हुन् । सर्पको यो चार खुट्टा शिकार गर्नका लागि प्रयोग हुने गरेको वैज्ञानिकले अनुमान लगाएका छन् । यो तथ्यले सर्पको विकास पानीमा नभई जमिनमा भएको हुन सक्ने आधार तय भएको छ । यो सर्पको अवशेषलाई लिएर अहिल बैज्ञानिक माझ बहस चलेको छ । उनीहरुका अनुसार चार खुट्टे यो सर्पको अवशेष सबैभन्दा पुरानो हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१