सुनसरी, २२ साउन । बालिका बलात्कारको अभियोगमा सुनसरीको धरान उपमहानगरपालीका १४ स्थित विजयपुरबाट प्रहरीले एकजनालाई हिरासतमा लिएको छ । सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १९ बर्षीय केशव गिरी पक्राउ परेका हुन् ।बालिका बलात्कारको अरोपमा पक्राउ परेका गिरीलाई बिहीबार धरान प्रहरीले सार्वजनिक गरेको हो । गिरिले बालिकालाई आफ्नै घरमा बोलाएर विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पिडित बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतीले वताउँनुभयो । गिरि विरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कार्वाहि प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।पछिल्लो समय धरानमा वलात्कारका घट्न बढ्न थालेका छन् । केही समयमा अघि मात्र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै हाता भित्र एक किशोरी सामुहिक वलात्कारको शिकार बनेकी थिइन ।
प्रतिक्रिया