‘राष्ट्रिय न्यूज डटकम’ को शुभारम्भ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७२, शुक्रबार १३:१५

पछिल्लो समय नेपालमा अनलाइन मिडियाहरुको विकास तिव्र गतिमा भइरहेको छ । माओवादीको १० बर्षे जनयुद्धपछि नेपालमा पनि सञ्चार माध्यमहरुको विकास तिव्र गतिमा भएको विज्ञहरु बताउछन् । त्यहि क्रममा लामो समयदेखी नेपाली सञ्चारक्षेत्रमा क्रियाशित बोष्टर मिडियाले नयाँ अनलाइन पत्रिका ‘राष्ट्रिय न्यूज डटकम’को शुभारम्भ गरेको छ । शनिबार काठमाडौंको संवाद डवलीमा परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले यस अनलाइन पत्रिकाको शुभारम्भ गर्नुहुनेछ ।

rasबोष्टर मिडियाका अध्यक्ष एवं राष्ट्रिय न्यूज डटकमको प्रधान सम्पादक मुकुन्द ढुंगानाले यस अनलाईनले नेपालमा घटिरहेका विभिन्न खोजमुलक घटनाहरुलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । शनिबार दिउँसो २ बजे हुने उक्त कार्यक्रममा “बढ्दो अनलाइन र यसका चुनौतीहरु” विषयक बृहत अन्तरक्रिया कार्यक्रम पनि आयोजना हुने अध्यक्ष ढुंगानाले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा रहि उतुलनिय योगदान पुराउने केहि व्यक्तिहरुलाई पनि सम्मान गरिदैछ । कार्यक्रममा पूर्वमन्त्री तथा सभासद एकनाथ ढकाल, सभासद् जगदिश्वर नरसिंह केसी, सभासद् गीता राणा, प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की लगायतका व्यक्तिहरुको भब्यउपस्थिती रहनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१