दुई करोडको सैन्डिल लगाउदै बियोसे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७२, शुक्रबार ११:२२

biyosoहलिउडकी चर्चित गायिका बियोसे नोल्स आफ्नो भिडियो र कन्सर्टमा लग्जरी ड्रेसलाई लिएर निकै चर्चामा आउने गरेका छिन् भने उनी आफ्नो फ्यानहरुलाई हिरा जडित सैन्डिलको कारण पनि लोभ्याउने गरेकी छिन् । त्यस्तै उनी अब आफ्नो नयाँ भिडियोमा करिब २ करोडको हिरा जडित सैन्डिल लगाएर देखा पर्ने भएकी छिन् । उक्त भिडियो यस बर्षको अन्तिम तिर आउने बताइएको छ । उक्त सैन्डिल लगाएर बियोसे हाउस अफ बर्जेजी प्रिसेस कन्सटेलेशन फेशन लाइनलाई साथ दिने छिन् । यस विषयमा बोल्दै गायिका बियोसे नोल्सले भनेकी छिन् -‘उक्त सैन्डिलमा करिब १२९० को निकै महत्वपुर्ण हिरा जडान गरिएको छ । त्यसलाई ब्रिटिश डिजाइनर क्रिस्टोफर माइकलले डिजाइन गरेका हुन् ।’ उनले अगाडी भनिन् -‘उक्त भिडियो यसै बर्षको अन्तिममा ल्याउने तयारी गरिरहेको छु र आश छ मेरो यस अघिका गीतहरु झै यस पटकको गीतलाई पनि मन पराउनु हुनेछ भन्ने ।’ गायिका बियोसे नोल्स (५.३ करोड डलर) कमाउदै यस बर्ष विश्वको सर्वाधिक कमाइ गर्ने १० गायिकाको सूचीमा समेत परेकी छिन् ।

प्रतिक्रिया