त्यतिबेला अहिलेजस्तो काठमाडौं आउन सजिलो थिएन । बाटोको त्यतिकै अभाब थियो । त्यति बेला म घरबाट १ सय रुपैयाँ लिएर काठमाडौं आएको थिए एकदमै कठिन पूर्ण अबस्थाको बाबजुद धेरै संघर्षको साथ यहाँ आइपुगेको भन्दै थिए पर्यटन ब्यबसायी खुम बहादुर सुबेदीसंग राष्ट्रिय खबर डटकमले गरेको कुराकानी :
१ . कुन ठाँउमा जन्मनु भएको थियो ?
मेरो जन्म घादिङ चैनपुरको सुनखानी भन्ने गाँउमा भएको हो ।
२ . तपाईको बाल्यकाल कसरी वित्यो ?
मेरो बाल्यकाल खेतीपाती गरेर नै वित्यो ।
३. तपाईले अध्ययन चाहिँ कुन स्कुल र कहाँबाट गर्नुभयो ?
मेरो घर नजिकै प्रावि विद्यालय थियो र मैले त्यहिँबाट ५ कक्षा पास गरेको थिए । र हाईस्कुल चाहिँ चैनपुरमा रहेको विद्यालयबाट गरेको हुँ । हाईस्कुल करिब—करिब २ घण्टा घरबाट हिडेर पुग्नु पर्थ्यो ।
४. काठमाडौं चाहिँ कहिले छिर्नुभयो ?
मैंले २०४७ सलमा एसएलसी दिएको हुँ । र त्यसपछि करिब—करिब मैंले २ बर्ष जति शिक्षक पेशा अंगाले र त्यसपछि म काठमाडौं छिरेको हुँ । त्यति बेला म १६ देखी १७ बर्षको उमेरको थिए । र म काठमाडौं छिरेपछि मैंले राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिर खान थालेको थिए । त्यति बेला कम्प्यूटर काहिँ पनि थिएन । त्यति बेला कम्प्युटर भनेको राष्ट्रिय कम्प्युटर केन्द्रमा मात्र हुन्थ्यो । मैंले त्यहाँ करिब २ बर्ष जति काम गरे र मैले ठमेलमा रहेको ट्रेकिङ्ग कम्पनीमा काम गर्न थाले । त्यसपछि म पर्यटन व्यबसाय तिर आबद्ध भएको हुँ ।
५. पहिलो पटक काठमाडौं छिर्दा कतिको संघर्ष गर्नु पर्यो ?
त्यतिबेला अहिलेजस्तो काठमाडौं आउन सजिलो थिएन । बाटोको त्यतिकै अभाब थियो । त्यति बेला म घरबाट १ सय रुपैयाँ लिएर काठमाडौं आएको थिए एकदमै कठिन पूर्ण थियो ।
६. काठमाडौं आउदा सुरुवातका दिनहरु कसरी विते ?
समग्रमा भन्दा काठमाडौंको जिवन संघर्षमय र अभाबै अभाब भित्र झेल्नुपर्यो । त्यति बेला पैसा देख्नु पनि एउटा संघर्षमय दिन थियो । त्यति बेला जाडोमा लगाउने न्यानो लुगा र गर्मीमा लगाउने राम्रो लुगा समेत पनि हुँदैन थियो । धेरै दुख गर्नु पर्यो ।
७. तपाईले जब राष्ट्रिय कम्प्युटर सूचना केन्द्रमा जागिरे हुदाहुदै पर्यटन क्षेत्रमा प्रवेश गर्नु भयो । त्यति बेला पर्यटन क्षेत्रको अबस्था कस्तो थियो ?
त्यति बेला म एउटा अफिसमा कर्मचारीको रुपमा काम गर्थे । मैंले काम गर्ने अफिसबाटै एउटा ट्रेकिङ्ग गाइडको तालिम लिए । मैंले उक्त तालिम लिइसकेपछि मलाई अब एउटा केहि गर्नु पर्छ भन्ने लाग्यो र मैंले रसियल विदेशी पर्यटकहरुलाई ट्रेकिङ्ग गाइडले दिनु पर्ने सेवा सुविधा दिदैं म अगाडी बढेको हुँ । र त्यति बेला अहिलेको जस्तो पर्यटन क्षेत्रको विकास भएको थिएन । साधन स्रोतहरु केहि पनि हुँदैंन थिए त्यति बेला पर्यटकहरु हिडेंरै गन्तव्य स्थलसम्म पुग्नु पर्थ्यो ।
८. तपाईले पर्यटनक्षेत्रमा चाहिँ कति बर्ष जागिर गर्नु भयो ?
करिब—करिब ५ बर्ष जति मैंले जागिरे भएर पर्यटकको सेवा गरे । त्यति बेला मैंले धेरै हिमाल, धेरै ठाँउहरुमा पुग्ने मौका पाएको थिए ।
९. जागिरे जीवनबाट आफैले व्यबसाय सुरु गर्न थाल्नु भयो त्यति बेला के कस्ता कठिनाईहरु भोग्नु पर्यो ?
पक्कै पनि कठिनाईहरु त भयो नै । एउटा कम्पनीको सञ्चालक भएपछि विभिन्न खाले समस्याहरुलाई समाधान गर्न सक्ने खुबी हुनु पर्छ । सञ्चालक भएर काम गर्न त्यति भने जस्तो सजिलो पक्कै छैंन । करिब करिब २०/ २२ बर्ष जति म पर्यटन क्षेत्र तर्फ संलग्न भए । त्यो अबस्थामा धेरै उतार चडाबहरु आए र त्यसलाई समाधान गदैं लगे ।
१०. पर्यटन क्षेत्रमा पनि विभिन्न संघ संस्थाहरु रहेका छन् । ति कुन कुन संस्थामा तपाई कार्यरत भएर काम गर्नु भयो ?
म एक पर्यटन व्यबसायीको हैसियतले भन्दा धेरै संघ संस्थाहरुमा मेरो सहभागीता त रह्यो । मैंले टान जस्तो गरिमामय संस्थामा कोषाध्यक्ष जस्तो पदमा रहेर काम गर्ने मौका पनि पाए । र यि सगै मेरो धेरै संघ संस्थाहरुमा आबद्धता छ ।
११. तपाई टानको महासचिव पदका लागि उम्मेदवारी दिदै हुनहुनुहुन्छ । तपाईलाई टानको महासचिव पदमा जानै पर्छ भन्ने किन लाग्यो ?
मैले केहि बर्ष टानको एउटा जिम्मेवारी पदमा रहेर काम गरेको अनुभव र २०/२२ बर्ष सम्म एउटा पर्यटन क्षेत्रमा लागेर काम गरेको अनुभवका कारण नै मैंले टानको महासचिव पदका लागि उम्मेवारी दिने सोच बनाएको हुँ । मैंले पर्यटन क्षेत्रमा जाने र सिकेको कुराहरु सबैलाई सिकाउनुपर्छ र टानलाई अझ बलियो संस्थाको रुपमा स्थापित गर्नु पर्छ भन्ने लागेर पनि मैंले महासचिवको लागि उम्मेवारी दिन लागेको हुँ ।
१२. अहिले टान भित्र निकै विवाद देखिएको छ । यो अबस्थामा तपाई जादाँ के सजह हुन्छ ?
तपाईलाई म अबगत गराउन चाहन्छु । समस्या भित्र समाधान पनि छ । समस्या भित्र धेरै कुरा चिर्न र समाधान गर्न सकिन्छ । समस्या हुनु सबैभन्दा उत्तम र राम्रो कुरा हो र यो अबस्थामा म महासचिव भएर जादाँ ति समस्याहरु चिर्न मेरो महत्वपुर्ण भुमिका रहनेछ । तपाईले जसरी विवाद देखिएको छ भन्नु भयो त्यो होइन तर केहि समस्याहरु देखिएका छन् र त्यसको समाधान पनि छ ।
प्रतिक्रिया