साबित्रीको ‘उडी आयो रानी चरी’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार १५:०३

3महिलाहरुको महान चाड मानिने तीज पर्व नजिकिँदै गर्दा यसको रमझमले भने धेरैलाई छोईसकेको छ । यसमा पनि विशेषतः तीज विशेष गीत संगीतमा लाग्ने सांगितिक स्रष्टा तथा तीज गीतका कम्मर मर्काउने मोडल तथा कलाकरहरुलाई भने अहिले भ्यआई नभ्याई नै छ । यो सिजनमा लोक तथा संगीतका हरेक विधासँग जोडिएका कलाकारहरुलाई फुर्सदमा भेट्न मुश्किल पनि पर्नसक्छ । यो भिडमा व्यस्त गायिकाको रुपमा परिचित छिन, गायिका सावित्री जोशी । विगत केहि बर्षयता सांगितिक क्षेत्रमा सकृय सुमधुर स्वरकी धनी सावित्रीले पछिल्ला केहि बर्षयता तीज पर्वको अबरसरमा दर्शक तथा श्रोतामाझ नयाँ नयाँ स्वादहरु पस्किँदै आएकी छिन् । यो बीचमा यो बर्षको तीजको लागी पनि सावित्रीको नयाँ खुराक बजारमा आउने तयारीमा छ । साबित्रीको स्वरमा सु-सज्जित तीज गीत ‘उडी आयो रानी चरी डाँडै काटी गयो मायालाई’को भिडियो सुटिङ पनि भईसकेको छ ।

1जुन भिडियो केहि दिनमा नै सार्वजनिक हुने निर्देशक अमर जोशी बताउँछन् । सञ्चारकर्मी तथा उद्धमी लिला डांगीको लगानी रहेको भिडियोमा नायिका तथा मोडल शुष्मा अधिकारी र अर्की मोडल प्रिया शर्मासँग निर्देशक ओली स्वयंमले कम्मर मर्काएका छन् । सावित्रीलाई गायनमा साथ दिएका शिव हमालको शब्द रहेको यो गीतको भिडियो मंगलबार छायाँकन गरिएको थियो । छायाँकनको दौरानमा भेटिएकी नायिका अधिकारीले निकै राम्रो काम भएको भन्दै दर्शक तथा श्रोताको माया पाउनेमा दुई मत नरहेको तर्क गरिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१