प्रकृति संरक्षण कोषमा ७१ जनालाई जागिर खुल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार १३:५४

banकाठमाडौं, २१ साउन । राष्ट्रिय प्रकृति संरक्षण कोषले वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकदेखि सहयोगी पदसम्मका लागि आवेदन खुल्ला गरेको छ । संरक्षण कोषले पद पुर्तिको लागि ७१ जनालाई करारमा जागिर खुलाएको हो। इच्छुक व्यक्तिले आगामी भदौ ३ गतेसम्म वन विज्ञान, वातावरण विज्ञान वा जीव विज्ञानमा स्नातक उत्तिर्ण र सम्बन्धित क्षेत्रमा दुई वर्ष अनुभव भएका व्यक्तिले वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकमा आवेदन दिन सक्ने बताइएको छ। त्यस्तै सहयोगी पदका लागि आठ कक्षा उत्तिर्ण र वन्यजन्तु सम्बन्धी अनुभव भएका व्यक्तिले सहयोगीमा आवेदन दिन पाउने गरि आवेदन फर्म खुलाएको छ। १८ वर्ष देखि ४० वर्षसम्मका व्यक्तिले कोषमा आवेदन दिनसक्ने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१