सोलार जडान भएपछि धुलिखेलमा पर्यटक बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७२, बिहीबार १३:०६

touधुलिखेल, २१ साउन । स्थानीय युवाको पहलमा सोलार जडान भएपछि धुलिखेलमा पर्यटकको संख्या बढेको छ । यसअघि लोडसेडिङका कारण साँझ पर्ने बित्तिकै सुनसान हुने गरेकोमा अहिले सोलार जडानपछि राती धुलिखेल हेर्ने पर्यटकको संख्या बढेको हो । नारायणस्थानदेखि पुरानो बजार, गणेशथान, सरस्वती बजार, अरनिको राजमार्ग क्षेत्र, भिमसेन स्थान, नगरपालिका जाने बाटो क्षेत्र लगायतको ठाउँमा आवश्यकता पहिचान गरि सोलार प्लानल मार्फत बत्ती जडान गरिएको छ । लिड सोलार स्ट्रिट लाईट प्रोजेक्ट नाम दिईएको कार्यक्रमका लागि हरेक घरबाट ५ हजार रकम संकलन गरिएको छ भने देश भित्र र बाहिर रहेका धुलिखेलका बासिन्दाले अरु सहयोग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१